काठमाडौं। निजी लगानीमा सञ्चालित रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले एक वर्षमा साढे ३ अर्ब रुपैयाँबराबर कारोबार गरेको छ।
सन् २०२२ मा ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ कारोबार गरेको हो। २०२१ मा रसुवाले ४ करोड २५ लाख ९० हजारको कारोबार गरेको थियो।
२०२० मा ३ अर्ब ४२ करोड १० लाख रुपैयाँ कारोबार गरेको थियो। २०२१ को तुलनामा २०२२ मा कारोबारमा कमी आएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
एक वर्षमा कम्पनीको कारोबार १९ प्रतिशत घटेको छ। पछिल्लो पाँच वर्षको वित्तीय विवरण हेर्दा कम्पनीको औसत व्यापार वृद्धि ११ प्रतिशत रहेको छ।
केही प्रशासनिक र प्राविधिक समस्याले गर्दा आम्दानीमा ढिलाइ भई समग्र कारोबारमा गिरावट आएको कम्पनीले जनाएको छ।
तै पनि कम्पनीले विगत पाँच वर्षमा आफ्नो मार्जिन ८ प्रतिशतमा स्थिर गर्न सक्षम भएको छ। जबकि, कम्पनीको समग्र वित्तीय प्रोफाइल सुधार गर्नु महत्वपूर्ण छ। रसुवाको व्यापार मोडेलमा केही अन्तर्निहित जोखिम छन्। परियोजनाहरू प्रक्रियागत ढिलाइका लागि संवेदनशील देखिन्छन्।
स्वीकृति, साइट क्लियरेन्स र कम्पनीलाई परियोजना कार्यान्वयनमा ढिलाइको जोखिम पर्ने गरेको छ। जसले राजस्व संकलनमा ढिलाइ हुने गरेको रसुवाले जनाएको छ। कम्पनीका निर्देशक नेपाली कांग्रेसका सांसद मोहन आचार्य हुन्।
कम्पनीले विभिन्न बैंकबाट ७ अर्ब ५२ करोड रुपैयाँ ऋण लिएको छ। कम्पनीसँग आगामी तीन वर्षभित्र सक्ने गर्ने गरी ५ अर्ब ५७ करोडबराबरको पूर्वाधार निर्माणको ठेक्का छन्। कम्पनीले सरकारद्वारा बनाइने ठूला पूर्वाधार निर्माणमा बोलपत्र पेस गर्दै आएको छ।
रसुवा सन् १९९७ मा स्थापना भएको ‘क’ वर्गको निर्माण कम्पनी हो। कम्पनी ठूला सडक, सिँचाइ, जलविद्युत, पुल र भवनलगायत निर्माण गरेको छ। कम्पनीले एकल र संयुक्त उपक्रम (जेभी) मार्फत ठूला परियोजना निर्माण गरिरहेको छ। कम्पनी सुरुवातदेखि नै राजेन्द्रराज आचार्य अध्यक्ष छन्।
कम्पनीले ठेक्का लिएका मध्ये ५७ प्रतिशत पुल कार्यान्वयन हुन बाँकी छ। डिजाइनलगायत केही प्राविधिक मुद्दाका कारण ती पुल निर्माणमा ढिलाइ हुन गएको रसुवाले जनाएको छ।
पछिल्लो समय सरकारले १० अर्ब रुपैयाँसम्मका परियोजनामा संयुक्त उपक्रमबाट आयोजना निर्माण गर्न पाउने व्यवस्थाले रसुवालाई लाभ पुग्ने देखिन्छ।
यस्तै ५ अर्ब रुपैयाँसम्मको ठेक्का नेपाली निर्माण व्यवसायीले गर्न पाउने व्यवस्था गरेको छ। यसअघि ३ अर्ब रुपैयाँको सीमा थियो।
विश्वव्यापी मुद्रास्फीतिले पनि कम्पनीलाई प्रभावित बनाउँदै आएको छ। मूल्यवृद्धि (इस्केलेसन क्लज) द्वारा प्रदान गरिएको कभरेजलाई सीमित गरिएको छ। मूल्यांकन दृष्टिबाट अझै पनि कच्चा वस्तुको मूल्य अस्थिरता जोखिमको एक भाग राख्छ।