काठमाडौं। ६५ वर्ष लामो इतिहास बोकेको इन्डियाको नम्बर १ रेफ्रिजीरेटर ब्रान्ड गोडरेजले नयाँ इन्भर्टर एअर कन्डिसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ। उक्त एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ।
गोडरेज इन्भर्टर एसीमा एन्टी भाइरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेको हुनाले यसले अनावश्यक प्रदुषण, किटाणु ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्ने कम्पनीले जनाएको छ। ।
यस एसीमा आर३२ इको रेफ्रिजीरेन्ट भएको र ५२डिग्रीसम्मको तापक्रममा पनि कूलिङ गर्न सक्ने क्षमता रहेको छ। टुइन रोटरी इन्भर्टर टेक्नोलोजीमा आधारित
यस एसीमा बिजुली बचत गर्नुका साथै छिटो तातो र मौससअनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ।
गोडरेजको यस एअर कन्डीसनरमा १०वर्ष को इन्र्भटर कम्प्रेसर वारेन्टी रहेको छ।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।
नेपालभरि गोडरेज ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता
सञ्जाल र अनलाइन सपिङ साइट cgdigital.com.np मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुम काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रविभवन, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा
रहेका छन् भने ४० भन्दा बढी नेपालभरि छरिएका सर्भिस सेन्टरबाट उत्कृष्ट बिक्री पश्चात सेवा पनि प्रदान गरिरहेको छ।