काठमाडौं। नबिल बैंकले दुई वर्षदेखि सञ्चालन गरिरहेको ‘दिगो बैंकिङ’ कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाएको छ। वातावरण र अर्थतन्त्रलाई दिगो बनाउने सोचसाथ नबिलले आफ्नो वार्षिकोत्सव पूर्वसन्ध्यामा साताव्यापी जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ।
हरेक वर्ष असार १५ देखि सात दिनसम्म ‘ग्रिन विक’ का रूपमा नबिलले दिगो बैंकिङ कार्यक्रम मनाउँदै आएको छ। बढ्दो वातावरण विनाश नियन्त्रण गर्ने खालका योजना अगाडि सारेर नबिलले पहिलो प्रयास अघि बढाएको हो।
नबिल सस्टेनेबल बैंकिङले सुरुवातदेखि नै सामाजिक र वातावरणीय चुनौती सम्बोधन गर्ने क्रममा दिगो अभ्यास प्रवर्द्धन गरिरहेको छ।
नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जामार्फत वित्तीय पहुँच विस्तार गरेको छ। कृषिको व्यावसायीकरण र उद्यमशीलता विकाससमेत गरेको बैंकले दुर्गम क्षेत्रमा शाखा सञ्चालन गरेर ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार, बजार पहुँच र वित्तीय समावेशिता विस्तार र कृषि तथा साना व्यवसायमा वित्तीय सेवा दिएर स्थानीय आर्थिक विकासमा टेवा पुर्याइरहेको छ।
कुनै पनि बैंक नाफाका लागिमात्र नभई वातावरण संरक्षणमा समेत उत्तिकै जिम्मेवार हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न नबिलले यो अभियान अगाडि बढाएको जनाएको छ। बैंकको प्रयासले थुप्रै कोसेढुंगा हासिल गर्न सफल भएको बैंकले उल्लेख गरेको छ ।
दिगो बैंकिङ कार्यक्रमअन्तर्गत सुरुमा महिला उद्यमशील कर्जा र किसान कर्जा सार्वजनिक गरेर दुई वर्षबीचमा धेरै नै काम गरिसकेको बैंकले जानकारी दिएको छ। नबिल स्कुल फर सोसल आन्ट्रप्रेनरसिपमार्फत सामाजिक उद्यमशीलता विकासमा समेत टेवा पु¥याएको छ। नबिल दिगो बैंकिङ मूलतः ग्रामीण बैंकिङमा केन्द्रित छ। यसले सीमान्तकृत समुदायमा वित्तीय सेवा विस्तार गर्ने लक्ष्य राखेको छ। साथै, वित्तीय साक्षरता अवधारणामा समेत यसले काम गरिरहेको छ।
योसँगै बैंकमा हुने कागज बचतका लागि पेपरलेस बैंकिङ सुरुवात गरिसकेको छ। जसमा पहिला डेबिट कार्ड/क्रेडिट कार्डसहित अन्य बैंकिङ सुविधा लिन बैंकसम्म धाउनुपर्ने बाध्यतालाई एन बैंकको माध्यमबाट त्यसलाई अन्त्य गरिसकेको छ।
यसबाट एउटा बैंकको शाखामा प्रयोग हुने कागज उत्पादन गर्न धेरै रुख मास्नुपर्छ र वातावरण समेत प्रदुषण गर्नुपर्छ। जुन अहिले डिजिटल प्लेटफर्मबाटै सबै काम हुने भएपछि त्यसको रोकथाम केही मात्रामा भएको छ।
वातावरण संरक्षणका लागि बैंकले दिगो घर कर्जा योजनासमेत अगाडि ल्याएको छ। आवास निर्माण क्षेत्रभित्र वातावरणमैत्री र सामाजिकरूपमा जिम्मेवार अभ्यास प्रवद्र्धन गर्न दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। यो कर्जाका लागि बैंकले निर्धारण गरेका आधार पूरा गरे अन्य घरकर्जाका आधारमा केही मात्रामा ब्याजमा सहुलियत रहेको छ।
ग्राहकले बैंकको आधारदरमा १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन भने स्थिर ब्याजदर चाहनेले सात वर्षका लागि वार्षिक १०.४९ प्रतिशतमा प्राप्त गर्न सक्नेछन्।
यस्तै सात वर्षभन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहनेले सात वर्षका लागि वार्षिक १०.४९ प्रतिशत र सात वर्षपछि बाँकी अवधिमा सात वर्षपपछिको आधारदरमा १.५ प्रतिशत जोडी हुने ब्याजदरमा प्राप्त गर्न सक्नेछन्।
कर्जा सीमा न्यूनतम ७ लाख र अधिकतम सीमा ५ करोड रहेको बैंकले जनाएको छ। बैंकले जलविद्युतमा लगानी, सहुलियत कर्जा प्रदान, सामाजिक क्षेत्रलगायतमा काम गरी दिगो बैंकिङ अभ्यास गर्दै आइरहेको जनाएको छ ।
साताव्यापी कार्यक्रम
बैंकले वातावरण संरक्षणका लागि दिगो बैंकिङ कार्यक्रमलाई साताव्यापी मनाउने छ। शुक्रबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले केन्द्रीय कार्यालयमा संयुक्तरूपमा उद्घाटन गरे।
कार्यक्रममा बैंकका उच्च अधिकारी र कर्मचारीलाई नबिल दिगो बैंकिङबारे जानकारी दिइएको थियो। शनिबार लाजिम्पाटदेखि पानीपोखरीसम्म वृृक्षारोपण गर्ने कार्यक्रम छ। बैंकले काठमाडौंसहित सातै प्रदेश र जिल्ला शाखामा समेत यो कार्यक्रम आयोजना भइरहेको छ।