काठमाडौं। सेगवे नाइनबोटका लागि नेपालको आधिकारिक वितरक आइहव प्रालिले ‘मनसुन अफर २०८०’ सार्वजनिक गरेको छ।
यस अफरअन्तरर्गत सेगवे नाइनबोटका कुनै पनि स्कुटर किन्दा १५ हजार रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ।
त्यसैगरी यो अफरअन्तरर्गत ग्राहकले रेनकोट, स्कुटर कभभर र हेल्मेट पनि उपहार पाउने छन्।
यो योजना असार १५ देखि साउन १५सम्म लागू हुने कम्पनीले जनाएको छ।
बजारमा सेगवेका ‘एन१००, ‘ई१००’, ‘ई१००एल’ र ‘ई१२५’ मोडेल उपलब्ध छन्। सेगवे सेल्फ ब्यालेन्सिङ दुईपांग्रे सवारी साधन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनीको रूपमा रहेको छ। कम्पनीका उत्पादनहरू अमेरिका, यूरोपका साथै ८० भन्दा धेरै देशहरूमा बिक्री वितरण हुँदै आएको छ। नेपालमा लोकप्रियता कमाइरहेको सेगवेका आफ्ना विभिन्न विशेषता र सेवा रहेका छन्। सेगवेका केही विशेषता तथा सेवाहरु निम्नअनुसार छन्ः
ब्याट्री स्वाइप: यसअन्तर्गत ग्राहकले सेगवेको सर्भिस सेन्टरबाट डिस्चार्ज भएको ब्याट्रीलाई पूर्ण चार्ज गरिएको ब्याट्रीले स्वाइप गर्न सक्छन्। यसको न्युनतम लागत लगभग १ सय ७५ रुपैयाँ लाग्नेछ।
भाडामा ब्याट्री : टाढाको यात्रा गर्ने ग्राहकका लागि सेगवेले भाडामा ब्याट्री उपलब्ध गराउने गरेको छ। यसका लागि झम्सीखेलस्थित सेगवेको मुख्य कार्यालयबाट ब्याट्री भाडामा लिन सकिन्छ। ब्याट्री भाडामा लिन ग्राहकले सेक्युरिटी चेक जम्मा गर्नुपर्ने हुन्छ, जुन ग्राहकले ब्याट्री फिर्ता गरेपछि फिर्ता हुन्छ। यसका लागि न्यूनतम १ सय ५० रुपैयाँदेखि २ सय रुपैयाँ लाग्छ।
अन रोड सहायता : सेगवेले उपत्यकाको कुनै ठाउँमा स्कुटरले काम नगरेको वा बिग्रिएको खण्डमा सेवा दिने काम पनि गर्छ। यसले अन रोड सहायताको रूपमा आफ्ना सेवा टोलीबाट खराब ब्रेकडाउन भएको स्थानमा गएर उपलब्ध गराउँछ।
पोर्टेबल ब्याट्री : सेगवेको ब्याट्री बोक्न सजिलो र जहाँ पनि चार्ज गर्न सकिने किसिमको छ।
एक्सचेन्ज सुविधा : ग्राहकले १५ हजारको अतिरिक्त विनिमय मूल्य प्राप्त गर्न र नयाँ सेगवे स्कुटरसँग आफ्नो बाइक साटासाट गर्न पनि सक्छन्।
यसको साथमा सेगवे स्कुटरमा फास्ट चार्जिङ सुविधा, किराना वा अन्य वस्तुहरू देखाएर २२ लिटर बुट स्पेस जस्ता विशेषता पनि छ।
सेगवेका स्कुटर आकर्षक, नयाँ शैली र मौलिक डिजाइनमा उपलब्ध छन्। यी कम्पनीका स्कुटरमा चालक सिटमा नबसेसम्म स्टार्ट हुँदैन भने स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म यो चल्दैन। ई९स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयनयुक्त पानी प्रतिरोधी ब्याट्री–आइपिएक्स ५ ब्याट्री (आइपिएक्स ७०) जस्ता सुविधा उपलब्ध छन्।
सेगवेका स्कुटरमा किलेस सिस्टम उपलब्ध छ। साथै, सुन्दर ढंगले डिजाइन गरिएको साँचोको साथमा रिमोट कन्ट्रोलमा दुईवटा बटन छन्। एउटाले स्कुटरलाई अनरअफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्छ। सजिलो ह्यान्डलिङ फिचरका कारण पनि यसले अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
‘सेगवे ई–१००’ ‘वान अफ द बेस्ट सेलिङ मोडल इन नेपाल’ बन्न सफल भएको थियो। सेगवेका स्कुटरमा रमाइलो सवारी अनुभवका लागि सहज र आरामदायी सिट छन्। बलियो इन्जिन र प्रभावशाली ब्याट्रीबाहेक यी स्कुटर आकारमा ठूला छन् भने सिटमुनि पर्याप्त ठाउँ उपलब्ध छ।
सेगवेका स्कुटरमा अटोमेटिक टायरको विशेषता पनि छ। जसमा १० सेकेन्डसम्म प्रयोग नगरेको खण्डमा आफैं टायर र ह्यान्डल लक हुन्छ। त्यस्तै कुनै मानिसले प्रयोग गर्न खोज्यो भने अर्लाम बज्ने फिचर यी स्कुटरमा उपलब्ध छ।