काठमाडौं। प्राइम सेरामिक्स प्रालिले बिहीबारदेखि आफ्नो उत्पादन ‘प्राइम टाइल्स विथ स्टाइल’ लाई बिक्रीवितरणमा ल्याएको छ।
भुइँ र भित्ताका लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी हो।
नवीन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्वारा टायल बजारलाई नै पुर्नपरिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्स् प्रालिले रौतहटस्थित वृन्दावन नगरपालिका–६ मा १० विघा क्षेत्रफलमा अत्याधुनिक इटालीयन प्रविधिद्वारा पूर्णरूपमा स्वचालित उद्योगको स्थापना गरेको छ।
विश्वमा सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी एसएसिएमाईको सम्पूर्ण मेसिन प्रयोग गरेको यस उद्योगको उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको र अन्य अन्तराष्ट्रिय ब्रान्डसँग समेत प्रतिस्पधा गर्न सक्ने क्षमताको छ।
हाल वार्षिक १५ अर्ब रूपैयाँबराबरको टायल नेपालमा आयात हुने गरेको र चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्याधिक महंगो र पहुँचभन्दा बाहिर रहेको परिप्रेक्षमा यस उद्योगले देशको कूल खपतको लगभग एक चौथाइ माग पूरा गर्नेछ।
साथै उद्योगले आयात प्रतिस्थापन गर्ने विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने छ। स्वदेशमा उत्पादन हुने भएकोले उपभोक्ताले चाहेको बेला टायलको माग गर्न सक्ने, आर्किटेक्ट एवं डिजाइनरहरूले आफ्नो चाहनाअनुसारको डिजाइनसमेत विकास गर्न सक्ने तथा मूल्य पनि सस्तो हुने भएकाले आम नेपालीको सुन्दर घरको सपनालाई कुनै न कुनै तरिकाले यस उद्योगले पूरा गर्ने विश्वास लिएको छ ।
कम्पनीले एकै छानामुनी घरायसी, व्यापारीक, पूर्वाधार परियोजना तथा सार्वजनिक स्थल आदिमा प्रयोगको लागि हाल अधिकतम २x४ फिटसम्मका आकारमा २ सय ५० डिजाइनभन्दा बढीको भित्ता र भुइँमा लाग्ने टाइल्स उत्पादन गर्नेछ।
विगत दुई दशकदेखि नेपालमा टायल व्यापारको अनुभव बोकेको सिएमएस ग्रुप र फर्चुन भेन्चसुंद्वारा प्रवर्धित प्राइम सेरामिक्स पालिको कूल लगानी दुई अर्ब रुपैयाँ रहेको छ। दैनिक डेढ लाख वर्ग फिट उत्पादन क्षमता रहेको यस उद्योगले ३ सय जनालाई रोजगारी दिएको छ।