काठमाडौं। बैंकबाट लिएको ऋण तिर्न ताकेता गर्दा उल्टै बैंकका कर्मचारीमाथि अभद्र व्यवहार बढिरहेको नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघलगायतले जनाएका छन्।
बैंकबाट लिएको ऋण तिर्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीले ऋणीलाई आग्रह गर्दा उनीहरुबाट शाखा संचालनमा अवरोध गरेको, कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट बञ्चित गरेकोमा दुई संघले आपत्ति जनाएको छ।
वाणिज्य बैंकको संस्था र विकास बैंकको सस्थालगायतले संयुक्त विज्ञप्ति निकालेर सुरक्षा निकायले यथाशिघ्र आवश्यक कदम लिई शाखा संचालन गर्न तथा कर्मचारी÷ग्राहकको सुरक्षाका लागि माग गरेको छ।
‘ऋण लिए पछि तिर्नु पर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्न पर्ने र ऋण नतिर्ने बहानामा यस प्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याई शान्ति÷सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको संचालन तथा कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गरिदिनुु हुन सरोकारवाला सबै निकायहरुसंग अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।
मुलुकले समेत अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ क्षेत्र निर्वाध रुपमा संचालन गर्न र सेवा पु¥याउन कुनै पनि तत्वहरुले बाधा पु¥याएको खण्डमा सो गैर/कानूनी हुने संघले बताएको छ।
सोमबार पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापा स्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा संचालनमा अवरोध गरेको, कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट बञ्चित गरेकोमा संघले घोर निन्दा समेत गरेको छ।