काठमाडौं। नेपाल उद्योग परिसंघ (सिएनआई) को उपाध्यक्षमा भीम घिमिरे निर्विरोध निवर्नचित भएका छन्।
सिएनआईको २०औं साधारणसभा तथा महाधिवेशनबाट विराटनगरका सफल व्यवसायी घिमिरे उपाध्यक्षमा चयन भएका हुन्।
२०५२ सलमा विराटनगर उद्योग संघमा प्रवेश गरेका घिमिरे संघको अध्यक्ष, कोशी प्रदेशको संस्थापक अध्यक्ष हुँदै परिसंघको उपाध्यक्ष भएका हुन्।
विगतदेखिनै उद्योगीलाई समस्या पारेको विद्युतको कटौती, ब्याजदरको समस्या, मजदुरको समस्या, तरलताको अभावलगायतका विषयमा आवाज उठाउँदै आएका थिए।
सिएनआई उपाध्यक्षको हैसियतले अझै धेरै काम गर्न बाकीँ रहेको उनी बताउँछन्। ‘रोजगारी सिर्जना गर्ने, नेपाली उत्पादन बढाउने, दक्ष जनशक्ति उत्पादन गर्नेलगायत धेरै काम गर्न बाकीँ छ,’ उनले भने, ‘शिक्षा क्षेत्रमा भएको कार्टेलिङले सीमित लगानीकर्ता पोस्ने काम भइरहेको छ। त्यसलाई पनि हटाउन जरुरी छ,।’
विगतदेखि उद्योग सघं तथा अन्य विभिन्न संघसंस्थामा आफूले गरेको कामको मूल्यांकन गरेर उपाध्यक्षमा निर्वाचित गरेकोमा संस्थापक अध्यक्ष, पूर्व निवर्तमान र वर्तमान अध्यक्षप्रति उनले आभार व्यक्त गरे।
घिमिरे जेसिस, लायन्स क्लबलगायतका गैरनाफमुलक संस्थामा नेतृत्व गरेर पुरस्कृतसमेत भइसकेका छन्।