काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन । पहिलो त्रैमाशिक वित्तीय विवरण हेर्दा एक दर्जन बैंकहरुको खराब कर्जा बढेको छ भने केहिको घटेको छ ।
बैंकहरुले लगानी गरेको ऋण उठाउन नसकेपछि खराव कर्जाको मात्रा बढेको हो । खराब कर्जा उठाउन बैंकहरुले ऋण असुली न्यायाधीकरणमा मुद्धा हालेका छन् ।
सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार नबिल बैंक, एनआइसी एसिया, मेगा, सनराइज, सेञ्चुरी कमर्शियल, नेपाल इन्भेस्टमेन्ट,नेपाल बंगलादेश, ,सानिमा, प्रभु, सिटिजन्स र एनएमबीलगायत एक दर्जन बैंकहरुको खराव कर्जा बढेको छ ।
पहिलो त्रैमाशमा सेञ्चुरी र नेपाल इन्भेस्टमेन्ट बैंकको खराब कर्जा बढेको छ । सेञ्चुरी बैंकको खराब कर्जा बढेर २.१९ प्रतिशत बढेको छ । सेञ्चुरीको खराव कर्जा २.४७ प्रतिशत छ । गत वर्षको यसै अवधीमा सेञ्चुरीको ०.२८ प्रतिशत थियो ।
गत वर्षदेखि नेपाल इन्भेस्टेमेन्टको खराब कर्जा बढेको हो । नेपाल इन्भेस्टमेन्टको खराब कर्जा १.६३ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खराव कर्जा २.८४ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधीमा १.२१ प्रतिशत थियो ।
काउन्टर ग्यारेन्टी वापतको इटालियन ठेकेदार सीएमसीबाट रकम असुल गर्न नसकेपछि नेपाल इन्भेस्टमेन्टको खराब कर्जा ह्वातै बढेको हो ।
त्यस्तै,राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र कृषि विकास बैंकको खराव कर्जा ३ प्रतिशत भन्दा बढी छ । तुलनात्मक रुपमा हेर्ने हो भने सबैभन्दा बढी खराब कर्जा कृषि विकास बैंकको छ । कृषि विकासको खराब कर्जा ३.७० प्रतिशत छ । कृषि विकासले गत वर्षको सोही अवधीको तुलनामा खराब कर्जा घटाएको छ ।
कृषि विकासको गत वर्षको सोही अवधिमा ३.९३ प्रतिशत खराव कर्जा थियो । यस बैंकले ०.२३ प्रतिशतले खराव कर्जा घटाएको छ । यस्तै,राष्ट्रिय वाणिज्य बैंकले पनि गत वर्षको पहिलो त्रैमासको तुलनामा खराव कर्जा घटाएको छ ।
यस वर्षको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको खराव कर्जा ३.५० प्रतिशत छ । गत वर्षको यसै अवधीमा ३.८३ प्रतिशत थियो ।
यसैगरी सिभिल बैंकको खराब कर्जा घटेर २.९३ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा सिभिलको खराब कर्जा ३ प्रतिशत माथि थियो । बैंकहरुको खराव कर्जा ५ प्रतिशत भन्दा बढी हुनुहुदैन ।
सबैभन्दा कम खराब कर्जा नेपाल एसबीआई र एभरेष्ट बैंकको छ । एभरेष्टको ०.१७ प्रतिशत छ । स्ट्याण्डर्ड चाटर्डको ०.१८, माछापुच्छ्रको ०.३१, एनआईसी एसिया ०.४५, ग्लोबल आईएमईको ८५, सिटिजन्सको ९८ प्रतिशत छ ।