काठमाडौं। पोखराको आर्चलबोट चोकमा सीजी मोटर्स (नेटा ) को शोरुम सञ्चालनमा आएको छ। नेपालका लागि चीनका राजदूत चेन सबलगायत अन्य व्यक्तिहरूले एक समारोहबीच उक्त शोरुमको उद्घाटन गरेका हुन्।
उद्घाटनका अवसरमा नेपालका लागि राजदूत चेन सबले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना व्यक्त गरे। उक्त उद्घाटन समारोहमा सीजी मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो।
राजदूत चेन सबले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा इभी गाडीको फाइदा धेरै नै रहेको बताए। नेपालमा ग्रीन इनर्जीको सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले सहयोग गर्ने उनको भनाइ छ।
साथै नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठूला शहरमा चर्जिब स्टेशनको विकास गर्ने उनले बताए। सर्वजनिक यातायातमा इभीलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
सीजी मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले अब पोखरावासीले समेत सहजरूपमा नेटा भीको अनुभव गरीखरिद गर्न सक्ने बताए। नेपालमा बजारको मागअनुसार राम्रो र गुणस्तरीय गाडी बिक्री–वितरण गर्ने योजन छ। इभी ट्याक्सी र माइक्रोबसको सफल तरिकाले शुभरम्भका साथै काठमाडौं पोखरा रुटको लागि ११ देखी १९ सिटर सम्मका माइक्रोबस उपलब्ध हुनेछन।
उक्त कार्यक्रममा पोखराका लागि पहिलो इभी ट्याक्सी साथै पहिलो विद्युतीय माइक्रोबस चीनका राजदुत चेन सबले हस्तान्तरण गरे।
पियोर इभी प्लाटफर्ममा बनेको नेटा भीले फुल चार्जमा ३८० किमी को दुरी पार गर्न सक्ने सीजी मोटर्सले बाताएको छ। १७० एम एम ग्राउण्ड क्लीयरेन्स रहेको नेटा भी नेपालको बाटाहरूका लागि पनि उपयुक्त रहेको कुरा सीजी मोटर्सका एक कर्मचारीले बताए।
यो किसिमको ग्राउण्ड क्लीयरेन्स तथा यसको डिजाइनले नेटा भीलाई एयरोडाइनामिक्स दिन्छ जसले यसको गति र सन्तुलन कायम राख्छ। यसका साथै नेटा भी गाडी भित्र प्रदुषण रहित बनाउन एन९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै भित्र गाडीकोहावाकोपनि प्रदुषण फिल्टर गर्ने गर्छ। नेटा भी मा विश्वको ठूलो ब्याट्री निर्माण कम्पनी सिएटिएल ब्याट्रीको प्रयोग भएको छ।
सीजी मोटर्सले नेटा भीका साथै इभी माइक्रोबस केवाइसी तथा किबलबका मोडलसमेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरू पोखरा शोरुममासमेत उपलब्ध हुनेछन्। साथै गण्डकी प्रदेशमा इभ िट्याक्सी र विद्युतीय माइक्रोबसका लागि सीजी मोटर्सले अधिकारिक विक्रेताका रूपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ।