काठमाडौं । सीजी मोटरकर्पले नेपाली बजारमा बहुप्रतिक्षित आफ्नो मिनि एसयूभी सेग्मेन्टको गाडी एस प्रेसो नेपाली बजारमा भित्रिएको छ । गत वर्ष २०१८ को नाडा अटो सोमा रेनोल्टले पनि आफ्नो गाडी रेनोल्ड क्विड फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक गरेको थियो ।
यी दुई गाडीमा विभिन्न फिचर तथा मूल्यहरु केही समान भएको कारणले अहिले नयाँ एसप्रेसोको प्रतिस्पर्धीको रुपमा क्विड फेसलिफ्टलाई लिईएको छ । यसकारण ग्राहकलाई कुन गाडी खरिद गर्ने भन्ने विषयमा दुविधा हुनसक्छ । यो दुविधालाई चिर्न यी गाडीहरुको विभिन्न फिचरहरु तल राखिएका छन् ।
यी गाडीहरुको इंजिनको कुरा गर्दा एसप्रेसोको इंजिन क्षमता ९९८ सीसी रहेको छ यसमा तीनओटा सिलिण्ड जडान गरिएको छ । यसले ६८ एचपीको पावर र ९० एनएम टर्क दिन्छ भने क्विड फेसलिफ्टमा ९९९ सीसीको इंजिन रहेको छ यसमा पनि तीनओटा सिलिण्डर छन् र यसले पनि ६८ एचपी नै पावर तर ९१ एनएम टर्कदिन्छ ।
माइलेजको कुरामा एसप्रेसोले २१.४ किलोमिटर प्रति लिटर माइलेज दिन्छ भने क्विड फेसलिफ्टले २३.०४ किलोमिटर प्रति लिटर माइलेज दिन्छ ।
सुरक्षाको मामिलामा दुबैमा एन्टी लक ब्रेकिङ सिस्टम, सेन्ट्रल लकिङ, पावर डोर लक्स, चाइल्ड सेफ्टी लक्स, ड्राइभर तथा प्यासेन्जर एयरब्याग, सिट बेल्ट वार्निङ, साइड इम्प्याक्ट बिम, फ्रन्ट इम्प्याक्ट बिम, एड्जस्टेबल सिट, इंजिन इमोबिलाइजर,क््रयास सेन्सर, सेन्ट्रल्ली माउन्टेड फ्योल ट्यांक, इंजिन चेक वार्निङ, इबीडी जस्ता सुरक्षा फिचर्स दुबैमा रहेको छ । क्विडमा प्यासेन्जर साइड रियर भ्यू मिरर, हालोजिन हेडल्याम्प, रियर सिट बेल्ट थप अतिरिक्त सुरक्षा फिचर रहेका छन् जुन एस प्रेसोमा राखिएका छैनन् ।
गाडीको डाइमेन्सनको कुरा गर्दा एसप्रेसोको र क्विडको लम्बाई क्रमशः ३५६५ एमएम, ३७३१ एमएम, चौढाईमा क्रमशः १५२० एमएम १५७९ एमएम उचाईमा क्रमशः १५४९ एमएम र १४७४ एमएम रहेको छ । एसप्रेसो र क्विड दुबैको ग्राउण्ड क्ल्यिरेन्स १८० एमएम रहेको छ । दुबैको सिट क्षमता पाँच पाँच रहेको छ ।
मूल्यको कुरा गर्दा मारुती सुजुकी एसप्रेसोको बेस भेरियन्टको मूल्य २२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने क्विड फेसलिफ्टको बेस भेरियन्टको मूल्य २३ लाख ९० हजार रुपैयाँ रहेको छ ।