काठमाडौं। काठमाडौंको जोपाटीमा सानो बजारको उद्घाटन गरिएको छ।
सानो बजारको उद्घाटन समारोहमा प्रतिनिधि सभाका सदस्यहरू सन्तोष चालिसे, शान्ति श्रेष्ठ गोकर्नेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसाल, उपप्रमुख सान्नानी लामा, वडा– ५ का प्रमुख नारायण बहादुर सुवेदी, वडा– ६ का प्रमुख नवराज लामा, पूर्वसंघीय सांसद कृष्ण राई, तथा कुमारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश अर्याललगायत स्थानिय व्यवसायीको उपस्थिति रहेको थियो।
स्थानीय ग्राहकहरूको दैनिक आवश्यकीय सामग्री तथा वस्तुहरू एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले साना–साना विक्रेतालाई एकीकृत गरी सानो बजारको निर्माण गरिएको हो।
यसलाई टेवा पु¥याउनका साथै कारोबारलाई थप व्यवस्थित गर्न कुमारी बैंक लिमिटेडले यस सानो बजारका व्यवसायीहरूका लागि क्यूआर सुविधा ल्याएको छ ।
आफ्नो मोबाइल फोनबाटै सहज रूपले भुक्तानी गर्न सकिने यस क्यूआर सुविधा सानो बजारको लागि सहज कारोबारको विकल्प बन्ने कुरामा बैंक विश्वस्त छ।
यसै क्यूआर सुविधालाई टेवा पुर्याउन र डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले सानो बजारमा निःशुल्क इन्टरने सुविधा पनि उपलब्ध गराएको छ। साथै बैंकले विक्रेताको सुरक्षाका लागि सानो बजारमा सिसी क्यामेराको पनि व्यवस्था गरेको छ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभरि रहेका ३ सय २ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटिएम तथा ६३ शाखासहित बैंकिङ इकाईसहितका सञ्जालमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ।