काठमाडौं। चन्द्रागिरि नगरपालिका–१४ स्थित ब्राइट फ्युचर माविका ‘क्याप्टेन’ हरूले सपथ ग्रहण गरेका छन्।
ब्राइट फ्युचरमा शुक्रबारको बिहानी प्रार्थनासभामा गत साता निर्वाचित स्कुल क्याप्टेन, स्कुल भाइस क्याप्टेन, हाउस (सदन) क्याप्टेन र हाउस भाइस क्याप्टेनहरूले सपथ ग्रहण गरेका हुन्।
चन्द्रागिरि–१५ का अध्यक्ष घनश्याम लुइँटेलको उपस्थितिमा स्कुल क्याप्टेन सान्भी चौधरी र स्कुल भाइस क्याप्टेन आस्रिका पौडेललाई विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा उक्त निर्वाचनका आयुक्त राजेशजंग थापाले सथप ग्रहण गराए।
त्यसैगरी हाउस क्याप्टेन श्रीशु भट्टराईलाई स्कुल क्याप्टेन चौधरीले सथप ग्रहण गराइन् भने हाउस क्याप्टेन भट्टराईले हाउस भाइस क्याप्टेनहरूलाई सथप ग्रहण गराएकी थिइन्।
विद्यालयका अनुसार गत साता भएको क्याप्टेनहरूको चुनावमा लोकतान्त्रिक विधि प्रणालीअनुसार चुनावका सबै मूल्यमान्यता र प्रक्रिया अपनाइएको थियो।
सपथ ग्रहण कार्यक्रममा चन्द्रागिरि–१५ का अध्यक्ष लुइँटेलले विजयी उम्मेदवारलाई क्याप्टेन, भाइस क्याप्टेनको ब्याज वितरण गरी बधाइ दिएका थिए।
यसखालको निर्वाचनले विद्यालयस्तरबाटै विद्यार्थीहरूका लोकतनत्रप्रति आस्था र विश्वास जगाउन तथा निर्वाचन प्रणालीबारे जानकारी दिलाउन मद्दत पुग्ने वडाध्यक्ष लुइँटेलले बताए।
कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक मोहन कार्की, प्रधानाध्यापक दयाराम थापा, शिक्षकशिक्षिका लगायत उपस्थित थिए।