काठमाडौं। डेढ महिनाभित्र यामाहाको मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल हुने भएको छ।
व्यावसायिक उत्पादन सुरु नभए पनि साइत पुजा गरिएइको एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी निर्देशक राजु क्षेत्रीले जानकारी दिए।
मोटरसाइकल तथा स्कुटर उत्पादनका एमएडब्लू अटो प्रालिमार्फत मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न लागेको हो।
‘अहिले पूर्णव्यावसायिक उत्पादन भइसकेको छैन, अझै एक/डेढ महिना लाग्न सक्छ,’ उनले क्यापिटल नेपालसगँ भने।
कम्पनीले मोटरसाइकलको एसेम्बल परीक्षण भने गरिसकेको छ। पहिलोपटक कम्पनीले यामाहा ‘एफजेड भिथ्री’ एसेम्बल गरेको हो। नेपालमा चर्चित सबै यामाहाका मोटरसाइकल र स्कुटर एसेम्बल गर्ने कम्पनीको योजना छ।
कम्पनीले भैरहवास्थित प्लान्टबाट एसेम्बल सुरु गरेको हो।
कम्पनीले मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि १ अर्ब ५१ करोड ५० लाख रूपैयाँ लगानी प्रतिबद्धतासहित एमएडब्लू अटो प्रालि दर्ता गरेको थियो।
यसअघि बजाज, टिभिएस, रोयल इन्फिल्डलगायत अन्य केही चिनियाँ कम्पनीका दुईपांग्रे सवारीसाधन एसेम्बल हुँदै आएको छ।
यसैगरी होन्डा, हिरो, सुजुकीलगायतका पनि एसेम्बलको तयारी चलिरहेको छ।