काठमाडौं। एनएमबि बैंकसगँको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वी च्याट पे आधिकारिकरूपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ।
वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोब, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका सञ्चालक योगेन्द्रलाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायत नेपाली र चीनियाँ अधिकारीहरुको उपस्थितिमा लेकसाइड पोखरामा एक समारोहबीच सम्पन्न भएको हो।
उक्त उद्घाटन समारोहका प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत चेन सोबले वी च्याट पे क्यूआर कोडमार्फत स्थानीय व्यवसायीलाई कारोबार गर्न सहजता पुग्ने वी च्याट पेको सुविधा र नेपाल चीन फ्रेन्डशीपको विषयमा प्रकाश पारे।
साथै उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वी च्याटमार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिकरूपमा बैंकिङ प्रणालीमार्फत सम्बन्धित सेवा प्रदायक विक्रेताले प्राप्त गर्ने बताए। यसले डिजिटल बैंकिङ कारोबारलाई समेत प्रोत्साहन हुने विश्वास उनको छ।
यो साझेदारीले वी च्याट पेमार्फत कारोबार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकको लागि नयाँ अवसर प्रदान गरेको छ। अब आगन्तुकहरूले आफ्नो ध्भऋजबत एबथ डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त यस एनएमबि बैंकमार्फत नेपालमा सिधै आधिकारिक कारोबार गर्न सक्नेछन्।
एनएमबि बैंकले हाल देशभरि २ सय १ शाखा, १ सय ३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।