काठमाडौं। नेपाल हर्टीकल्चर प्रोमोसन सेन्टर (एचपिसी) को सहकार्यमा मनकामना तालिम तथा सीप विकास प्रतिष्ठानसँगको प्रादेशिकस्तरको कार्यक्रम सम्पन्न भएको छ।
मधेश प्रदेशको आयात घटाएर निर्यात बढाउने उद्देश्यले मधेस सरकारको समर्थनमा तरकारीखेतीको पहिचानसम्बन्धी अनुसन्धानको प्रमाणीकरण/निष्कर्ष साझेदारी कार्यशाला सम्पन्न भएको हो।
स्विसकन्ट्याक्टको कमर्सियल एग्रिकल्चर फर स्मलहोल्डर्स एन्ड एग्रिबिजनेस (सिएएसए) कार्यक्रम र मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय धान अनुसन्धान कार्यक्रम हरदिनाथ धनुषामा भएको थियो।
कार्यक्रममा एमओएलएमएसीकी सचिव डा. नम्रता सिंह प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। उनले मधेसमा तरकारी बालीको अवस्था बढाउने र आयात घटाउने प्रतिबद्धतालाई जोड दिँदै आत्मनिर्भरता बलियो बनाउन नीति नियमहरू लागू गर्ने बताइन्।
कार्यशालालाई एनएचपिसीका वरिष्ठ अर्थशास्त्री डा. प्रल्हादकुमार थापाले पनि सम्बोधन गरेका थिए। उनले मधेसमा तरकारी आयातमा विद्यमान समस्यालाई अनुसन्धान गरी त्यसमा सुधार ल्याउने बताएका थिए।
सरोकारवालाहरूका लागि बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्दै माग विश्लेषणमा पनि ध्यान दिनुपर्ने र नीति निर्माताहरूले दिगो समाधानको रणनीति बनाउन आवश्यक भएको बताए।
त्यस्तै कासाका पोर्टफोलियो र गुणस्तर प्रमुख मनिष विक्रम शाहले कार्यक्रमप्रति कृतज्ञता व्यक्त गरे। उनले दिगो आत्मनिर्भरताका लागि सामूहिक प्रयासमा यस कार्यक्रमले सहयोग गर्ने बताए। कार्यशालाले सहयोग, ज्ञान आदानप्रदान र भविष्यको योजनालाई बढावा दिने काम गरेको उनको भनाइ छ।