काठमाडौँ । बैंक तथा वित्तिय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । हालसम्म सार्वजनिक भएका दश राष्ट्रिय स्तरका विकाश बैंकको अपरिस्कृत वित्तिय बिबरण अनुसारर उनिहरुको नाफा १५.७९ प्रतिशतले बृद्धि भएको देखिन्छ ।
समिक्षा अवधीमा विकास बैंकहरुले १ अर्ब १७ कराेड २५ लाख रुपैयाँ नाफा कमाएका छन् । यी विकास बैंकहरुले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए । सवैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । भने सार्वजनिक भएका बित्तिय बिबरण अनुसार हालसम्म सबैभन्दा कम नाफा गर्नेमा कामना सेवा विकास बैंक रहेको छ ।
मुक्तिनाथ विकास बैंकले चालु आवको पहिलो त्रैमासमा २२ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले २१ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । मुक्तिनाथले गत आवको ५.२३ प्रतिशतले नाफामा वृद्धि गरेको हो । त्यस्तै, गरिमा विकास बैंकले १८ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधी भन्दा बैंकले २१.१४ प्रतिशतले नाफा बढाएको छ ।
त्यस्तै, कैलाश विकास बैंकले ३.४० प्रतिशतले नाफामा वृद्धि गरेको छ । यस बैंकले १७ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधीमा बैंकले १६ करोड ४८ लाख रुपैँया नाफा आर्जन गरेको थियो । ज्योति विकास बैंकले १३ करोड ७९ लाख रुपैया नाफा कमाएको छ । यस बैंकले ११७.६७ प्रतिशत वृद्धि नाफामा वृद्धि गरेको छ । बैंकले गत आवको पहिलो त्रैमासमा ६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै,लुम्बिनी विकास बैंक ११ करोड ९९ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले १० लाख ६८ रुपैयाँ, गण्डकी विकास बैंक८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । यस बैंकले गत आर्थिक वर्षको सोही अवधीको तुलनामा १५.३९ प्रतिशतले नाफा घटाएको हो ।
त्यस्तै,देव विकास बैंकले ५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले गत आर्थिक वर्षको सोही अवधीको तुलनामा १८.५३ प्रतिशतले वृद्धि गरेको हो । त्यस्तै,सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैसमासमा ६४ प्रतिशतले नफामा वृद्धि गरी ५ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आवको साही अवधिमा ३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
त्यस्तै,यस आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा कम नाफा कमाउने विकास बैंक कामना सेवा विकास बैंक हो । राष्ट्रियस्तरका विकास बैंकहरुमा सबैभन्दा कम नाफा आर्जन गर्ने कामना सेवा विकास बैंक हो । यस बैंकले चालु आवको पहिलो त्रैमासमा १ करोड ५८ लाख रुपैयाँ बढाएर १ करोड ८६ लाख पु¥याएको हो । अरु विकास बैंकको तुलनामा कम नाफा कमाएको भएपनि गत वर्षको तुलनामा यस विकास बैंकले नफामा निकै प्रगति गरेको देखिन्छ । गत आर्थिक वर्षको सोही अवधीमा यस विकास बैंकको नाफा २७ लाख रुपैँया मात्रै थियो ।
एक वर्षको अवधीमा यस बैंकले निकै राम्रो प्रगति गरेकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि यस बैंकले राम्रो उन्नति गर्न सक्ने देखिन्छ ।