काठमाडौं। एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकबाट फाइदा लिन पाउने भएका छन्।
एनसेल आजियाटा लिमिटेडले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै सुलभ दरमा सेवा लिन सकिने गरी तीन अनलिमिटेड भ्वाइस प्याक सञ्चालनमा ल्याएको जनाएको छ।
प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरू बिहीबार बाट सञ्चालनमा आएका हुन् । आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार ग्राहकले एकदिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, एकदिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयसीमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्नेछन्।
एकदिने अल–नेट अनलिमिटेड प्याकअन्तर्गत ग्राहकले करसहित मात्र २५ रुपैयाँमा बिहान ५ बजेदेखि साझँ ५ बजेसम्म देशका कुनै पनि मोबाइल नेटवर्कका नम्बरमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन्।
ग्राहकहरुले सजिलै एष्ट्रिक्स१७११८एष्ट्रिक्स१एष्ट्रिक्स५ह्यास डायल गरी यो प्याक लिन सक्छन्। त्यसैगरी एष्ट्रिक्स१७११८एष्ट्रिक्स३एष्ट्रिक्स४ह्यास डायल गरि एनसेलका अन्य नम्बरमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने एकदिने अन–नेट अनलिमिटेड टकटाइम करसहित मात्र ३० रुपैयाँमा सुचारु गर्न सक्छन्।
एनसेलका अन्य नम्बरमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकले ७ दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन्। यो प्याकको करसहित १५० रुपैयाँ पर्छ। ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स४एष्ट्रिक्स३ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन्।
आफ्ना ग्राहकलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धताअनुसार यी अनलिमिटेड भ्वाइस प्याक ल्याइएको एनसेलले जनाएको छ। अल–नेट होस् वा अन–नेट जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन यी प्याकले ठूलो महत्व राख्ने विश्वास एनसेलले राखेको छ।