एजेन्सी। तीव्र आर्थिक वृद्धिसँगै भारतीय एभियसन क्षेत्र विस्तार हुन थालेको छ। आन्तरिक र अन्तर्राष्ट्रिय गन्तव्य बढ्दै गएपछि भारतीय विमान कम्पनीहरूले धमाधम नयाँ जहाज खरिद गर्न थालेका छन्।
एक वर्षअघि टाटा सन्सले अधिग्रहण गरेको एयर इन्डिया लिमिटेडले साढे ४ सय थान बोइङ किन्ने सम्झौता गरिसकेका बेला निजी क्षेत्रको अर्को बजेट एयरलाइन्स इन्टर ग्लोब (इन्डिगो) एभियसन लिमिटेडले उडान गन्तव्य विस्तार गर्न थप ५ सयवटा एयरबस खरिद गर्ने भएको छ।
युरोपेली वायुसेवा कम्पनी एयर बस पेरिस एयर शोमा भव्य प्रवेशको लागि तयार छ। जहाँ युरोपेली विमान निर्माताले पहिलो दिन भारतीय विमान कम्पनी इन्डिगोसँग ५ सय विमान बिक्रीको सम्झौता घोषणा गर्ने भएको छ। प्रस्तावित अर्डर जसले एयरलाइन्सको बिजनेसलाई दोब्बर बनाउने अनुमान गरिएको छ।
इन्डिगोले ५० अर्ब डलरमा ५ सय थान एयरबस ३२० निओ खरिद गर्ने भएको छ। इन्डिगो र एयरबसले सोमबार सम्झौता घोषणा गर्ने गरी काम अघि बढाइरहेका छन्। एयरबसले साउदी विमान कम्पनी फ्लाइनाससँग वाइडबडी र न्यारोबडी खरिदका लागि वार्तालाप गरिरहेको छ। जुन इन्डिगोसँगै अर्को महत्वपूर्ण सम्झौता बन्न सक्छ। ब्लुमबर्ग न्यूजले वार्ताको पुष्टि गरेको छ।
दुवै लेनदेनका लागि वार्तालाप अझै अघि बढ्न सक्छ र अन्तिममा जहाज संख्या परिवर्तन हुन सक्ने संभावना छ। एयरबस, इन्डिगो र फ्लाइनास एयरका अधिकारीहरूले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्। एयरबसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गुइलाउम फौरीले एयर शोमा उद्योग उत्साहपूर्ण देखाउने बताएका छन्। कार्यक्रम अघि नै, एयरबसले ६० वटा ए ३२० र ए ३५० खरिदका लागि डिल गरेको बताएको थियो। जसले केही दिनको अर्डर व्यस्तताको लागि गति सेट गरेको थियो। इन्डिगो सँग अघिल्लो सम्झौता भागको रूपमा ५ सय विमानको ब्याकलग छ। जसमा सन् २०१९ मा ३ सय जहाज अर्डर पनि समावेश छ। इन्डिगो एयरबससँग सम्झौता गर्न अन्तिम अवस्थामा पुगेको छ।
एयरलाइन्सले वाइडबडी विमानको छुट्टै खरिदमा पनि काम गरिरहेको छ। दुवै एयरबस र बोइङ कम्पनीले २५ विमानहरू समावेश गर्ने सम्झौताका लागि प्रतिस्पर्धा गरिरहेका छन्। बोइङले आफ्नो ७८७ ड्रिमलाइनरसँग त्यो सम्झौता सुरक्षित गर्न सक्छ। इन्डिगोको खरिदले एयरबस र बोइङबाट ४ सय ७० विमानहरू किन्नको लागि एयर इन्डियाले हालै गरेको सम्झौतालाई शीर्ष स्थानमा राख्छ। किनभने, देशको पूर्वध्वजवाहकले नयाँ स्वामित्वमा आधुनिक फ्लिटको साथ आफ्नो सञ्चालन पुनर्निर्माण गर्छ।
इन्डिगोले घरेलु उडानको लगभग ५७.५ प्रतिशत बजार हिस्सा ओगटेको छ। इन्डिगो विश्वको सबैभन्दा छिटो बढ्दो उड्डयन बजारमध्ये एक हो। इन्डिगोको संस्थापक राहुल भाटिया र राकेश गंगवाल हुन्। कम्पनीसँग नयाँ पुस्ताका १ सय ६४ गरी कूल ३ सय विमान छन्।
जहाज सञ्चालनबाट इन्डिगोको आम्दानी ५ खर्ब ५९ अर्ब भारु रहेको छ। इन्डिगोको कूल १ सय १ उडान गन्तव्य छन्। जसमध्ये २६ अन्तर्राष्ट्रिय र ७५ आन्तरिक गन्तव्य छन्। इन्डिगोको सेयर मूल्य २ हजार ४ सय ३४ भारु छ। कम्पनी नेसनल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत छ। इन्डिगोले २६ हजार १ सय ६४ जनालाई रोजगारी दिएको छ।