एजेन्सी। जलवायु परिवर्तका कारण खडेरी बढ्दै जाँदा चीनले महत्वाकांक्षी नयाँ जल पूर्वाधार परियोजनाहरू अघि बढाउने तयारी गरेको छ। देशभरि बहुमूल्य तरल पदार्थ पानी डाइभर्सन गर्दा जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने बुझाइ चीनको छ।
यो योजनाको विरोध गर्दै विज्ञहरूले थप नदी डाइभर्सन महँगो हुने चेतावनी दिएका छन्। गत मेको अन्त्यमा चिनियाँ अधिकारीहरूले नयाँ नहर, जलाशय र भण्डारण सुविधाका लागि राष्ट्रिय जल नेटवर्क निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्।
उनीहरूले यो योजना चीनमा बढ्दो सुक्खालाई कम गर्न सिँचाइलाई बढावा दिने, बाढी र खडेरीको जोखिम घटाउनमा लक्षित हुने बताएका छन्। चीनका जलस्रोतमन्त्री ली गुओइङले यो योजनाले सन् २०३५ सम्ममा नदी प्रणालीका मुख्य जलाधारहरू खुला गरेर पानी आपूर्ति वितरणमा राज्यको क्षमता बढाउने बताएका छन्।
‘चीन सरकारको यो दृष्टिकोण महँगो र वातावरणीयरूपमा विघटनकारी मात्र होइन यसले दक्षिणका क्षेत्रहरूलाई आपूर्ति अवरोधहरूको लागि बढी जोखिममा पार्न सक्ने छ। यो योजनालाई सम्बोधन गर्न थप पूर्वाधार चाहिन्छ’ मेलबर्न युनिभर्सिटीका भूगोलविद् मार्क वाङले भने ‘उनीहरूले भौतिकरूपमा पानी आपूर्ति गर्न र पानीको समस्या समाधान गर्न इन्जिनियरिङ समाधानहरू प्रयोग गर्न आएका छन्। यदि चीनले पानीको प्रयोग बढाउन र क्षमता विकास गर्न सक्छ, त्यसलाई मेगा डाइभर्सन परियोजनाहरू आवश्यक पर्दछ।’
यद्यपि, यस वर्षको खडेरी गत वर्षको जस्तो गम्भीर हुने अपेक्षा गरिएको छैन। जब महिनौंको उच्च तापक्रमले याङ्त्जे नदी बेसिनको ठूलो भागलाई सुक्खा बनाएको थियो। राज्य पूर्वानुमानकर्ताहरूले मध्य र दक्षिणपश्चिमी चीनलाई असर गर्न सक्ने चेतावनी दिएका छन्। दक्षिणपश्चिमका केही भागहरूले पहिले नै विशेष उपायहरू लागू गरिसकेका छन्। सिचुआन प्रान्तको लिआङ्सान काउन्टीको पानी कम्पनीले बासिन्दाहरूलाई महिनामा चारपटकभन्दा बढी ननुहाउन आग्रह गरेको छ।
चीनको प्रतिव्यक्ति जल उपयोग विश्वको औसत भन्दा धेरै कम छ र त्यहाँ पानीको वितरण असमान छ। यसले लामो समयदेखि दक्षिणबाट सुख्खा उत्तरमा पानी पुर्याउन र यसको दीर्घकालीन आपूर्ति समस्याको इन्जिनियरिङ समाधान खोज्न ठूलो मात्रामा पूर्वाधारमा लगानी गर्नुपरेको छ।
माग घटाउन केही उपाय छन्। स्थानीय सरकारलाई पानीको खपत घटाउन, फोहोर पानीको पुनःप्रयोगमा सुधार गर्न र प्रदूषण नियन्त्रण गर्न जोड दिइएको छ। साथै, चीनले विगत पाँच वर्षमा १ सयभन्दा बढी डाइभर्सन परियोजनाहरू सुरु गरेको भूगोलविद् वाङले जानकारी गराएका छन्।
चीनले जल पूर्वाधार बनाउन गत वर्ष ११ खर्ब युआन (१ खर्ब ५४ अर्ब डलर) खर्चेको छ। यो सन् २०२१ को तुलनामा ४४ प्रतिशत बढी हो। विश्लेषकहरूले सन् २०२३ को पहिलो त्रैमासिकमा १५.६ प्रतिशत बढेर ४ खर्ब ७ अर्ब युआनमा पुगेको छ। अधिकारीहरूले अझ धेरै रकम उपलब्ध गराइने बताएका छन्।
यी ठूला परियोजनाहरूको निर्माणको लागत बढ्दै जाने सम्भावना छ। नयाँ योजनाको अंशमा दक्षिण उत्तर पानी डाइभर्सन परियोजनाको विस्तार समावेश छ। एक महत्वाकांक्षी इन्जिनियरिङ परियोजना जसले अतिरिक्त याङ्त्जे नदीको पानीलाई उत्तरको सुक्खा एल्लो नदी बेसिनमा फर्काउने छ। सरकारको यो परियोजनाले चीनको पानी आपूर्तिलाई अनुकूलन गर्न महत्वपूर्ण भूमिका खेलेको र ६० अर्ब घनमिटरभन्दा बढी पानी डाइभर्ट गरेको बताएको छ।
तर परियोजनाको नामले संकेत गरेझैं पानीको दिशा एकतर्फी मात्र बग्छ। गत वर्षको खडेरीमा यसले मद्दत गर्न सकेन। यसले चीनकाे अभावलाई मात्र स्थानान्तरण गर्ने बताइएको छ। ‘थ्रि गर्जेज बाँधजस्ता वृहत परियोजनाले अप्रत्याशित परिणामको चेन प्रतिक्रिया सुरु गरेको छ जसलाई ठिक गर्न नयाँ पूर्वाधारमा अर्बौैं युआन आवश्यक छ’ मेलबर्न विश्वविद्यालयका वाङले भनेका छन्।
उदाहरणका लागि, डान्जियाङकोउ जलाशयको माध्यमबाट उत्तरमा पानीको स्थानान्तरणले हान नदीको तल्लो तटमा पानीमा मात्रा घटेको छ। अधिकारीहरूलाई डान्जियाङकोउलाई थ्रि गर्जेज जलाशयसँग जोड्न अर्को ६० अर्ब युआनको परियोजना प्रस्ताव गर्न बाध्य पारेको छ।
विद्युत उत्पादन र बाढी व्यवस्थापनका लागि ४० अर्ब क्यूबिक मिटर याङ्त्जे पानी छुट्याउने थ्रि गर्जेजका कारण पोयाङ तालमा पानीको सतह कम भएको ठहर गरिएको छ। समस्या समाधान गर्न अधिकारीहरूले नयाँ गेटको लागि योजनाहरू विचार गरिरहेका छन्।
नयाँ जल नेटवर्कले तिब्बतको पानीलाई चीनको उत्तरपश्चिम चीनतर्फ लैजाने परियोजना पनि प्रस्ताव गरेको छ। जसले ब्रह्मपुत्र र मेकोङजस्ता नदीमा निर्भर भारत र लाओसलगायत अन्य देशहरूलाई चिन्तामा पारेको छ।
साइक्लिङ्ग, डिसेलिनेशन वा माग कमीमा केन्द्रित हुने वैकल्पिक दृष्टिकोणहरू अझ प्रभावकारी साबित हुनसक्ने छन्। चीनको करिब ६० प्रतिशत पानी आपूर्ति कृषिमा प्रयोग हुने भएकोले बाली बदलेर वा वैकल्पिक सिँचाइ विधि प्रयोग गरेर प्रभावकारिता पाउन सक्ने छ।
(रोयटर्सको सहयोगमा)