काठमाडौं। सेन्ट जेभियर्स कलेजले आइडिया स्टुडियो नेपालसँग एकेडेमिक च्याम्पियनको रूपमा सहकार्य गरेको छ।
विद्यार्थीहरूको शिक्षा, अनसुन्धान र बलियो उद्यमशील प्रणालीको विकासका साथै नवप्रवर्तनमा थप टेवा पुर्याउने उद्देश्यका साथ दुई पक्षबीच शुक्रबार सहकार्य पत्रमा हस्ताक्षर भएको हो।
आइडिया स्टुडियो नेपाल र लिबर्टी कलेजको संयुक्त विशेषज्ञता र नवप्रवर्तनमार्फत विधार्थी मा चौतर्फी विकास र वृद्धि हुने विश्वास लिइएको छ।
आइडिया स्टुडियो नेपाल सामाजिक रूपान्तरण र उद्यमशीलताको क्षेत्रमा आठ वर्षदेखि निरन्तर काम गर्दै आएको संस्था हो। आइडिया स्टुडियो नेपालले नेपालमा उद्यमशीलताको इकोसिस्टमलाई बढावा दिन सरकार, शिक्षाविद्, सार्वजनिक र निजी क्षेत्र, वाणिज्य बैंक, मिडिया हाउस, व्यापार र उद्योग संगठन र अन्य धेरै संस्थासँग साझेदारीमा काम गर्दै आएको छ।
आइडिया स्टुडियो नेपालले सम्भाव्य व्यवसायिक विचारलाई व्यवसायमा परिवर्तन गर्ने, सामाजिक परिवर्तनलाई प्रज्वलित गर्ने र नवप्रवर्तनको माध्यमबाट उद्यमशीलताको प्रवर्द्धन गर्ने प्याटफर्मको रूपमा काम गर्दै आएको छ।
सेन्ट जेभियर्स कलेज नेपाल जेसुइट सोसाइटीद्वारा स्थापित र व्यवस्थित उच्च शिक्षाको शैक्षिक संस्था हो। विभिन्न सह–पाठ्यक्रम गतिविधिमार्फत शारीरिक, आध्यात्मिक र भावनात्मक विकासको साथ शैक्षिक कार्य र बौद्धिक वृद्धिलाई एकीकृत गरेर कलेजले सक्षमता, रचनात्मकता र नवीन भावनालाई बढावा दिन्छ।