काठमाडौं। जिडब्लुएमले विद्युतीय गाडी ‘ओरा ०३’ को बुकिङ खुलाएको छ। कम्पनीले यसको सुरुवाती मूल्य ४७ लाख ४९ हजार निर्धारण गरेको छ।
कम्पनीका अनुसार जिडब्लुएम ओरा ०३ एक ग्लोबल मोडल हो जुन यसअघि चीन, थाइल्यान्ड, मलेसिया, बेलायत, जर्मनी, अष्ट्रेलिया र न्यूजिल्यान्डलगायतका देशमा विभिन्न नामको मोडल जस्तै, गुडक्याट, फन्कीक्याट र ओआरएका साथ पहिले नै बिक्री सुरु भइसकेको छ। यो मोडलका विश्वभरि १ लाख ५० हजारभन्दा बढी ग्राहक छन्।
सौन्दर्यको हिसाबले, ओरा ०३ को बाहिरी भागमा नरम रेखाहरू छन् जसले ब्रान्डका अन्य मोडेलहरूलाई पनि चित्रण गर्छ र आधुनिक सुविधाहरूको साथ रेट्रो लुक हुँदा यसले पहिचानयोग्य पारिवारिक शैलीलाईसमेत बलियो बनाएको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार अगाडि गोलो फुल एलइडी हेडलाइट, सर्कुलर डेटाइम रनिंग लाइटह यसको सबैभन्दा आकर्षक डिजाइन विशेषता हो र यसको रियर लाइट क्लस्टर रियर विन्डोमा नदेखियोस् भनेर सोहीअनुसार माथि राखिएको छ।
यसमा लेदरेटको व्यापक प्रयोगको साथै भित्री डिजाइन आकर्षक बनाइएको छ। यसमा डुअल–डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्टेसन र इन्फोटेनमेन्ट सिस्टम प्यानल पनि दिइएको छ।
ओरा ०३ लाई १० प्रतिशत प्योर इभी प्लेटफर्ममा विकसित गरिएको छ र यसको मोड्युलर साथै समान आधारभूत वास्तुकलाबाट ठूला र साना सवारी साधनहरू सिर्जना गर्न मिल्ने गरी स्केलेबल डिजाइन पनि गरिएको छ।
यसमा ७ एयरब्याग, एबीएसको साथमा इबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (इसीएस), ट्रयाक्सन कन्ट्रोल सिस्टम (तिसिएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङजस्ता धेरै सुरक्षा सुविधाहरू छन्। यसको अझै रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा प्रणाली जडान गरिएको छ।
त्यस्तै यसमा ठूलो र फराकिलो केबिन, पानोरामिक सनरुफ, लेदर सिट, ट–वे ड्राइभर पावर सिट, अटोमेटिक एयर कन्डिसनर, एडप्टिभ क्रुज कन्ट्रोल, ५ ड्राइभिङ मोडलजस्ता सुविधाहरू दिइएको छ।
नेपालमा, ओरा ०३ केवल एक भेरियन्ट ‘प्रो’ मा उपलब्ध छ जुन ४७.७८ किलोवाटको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ, जसले फुलचार्जमा ४ सय किलोमिटर रेन्ज दिन्छ। यसले ९९ किलोवाटको पीक पावर र २ सय १० एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले यसको हाई भोल्टेज ब्याट्री, ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष वा १ लाख ५० हजार वारेन्टी प्रदान गरेको छ। यो गाडीले एनक्याप र यूरो एनक्याप क्रयास टेस्ट दुवैमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ।