काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) को अध्यक्ष पदका लागि उम्मेदवारी दिएका व्यवसायी किरण मल्लले कानुनी उपचारमा जाने बताएका छन्। इप्पानको कार्यसमितिले बुधबार उम्मेदवार हुन रोकेपछि उनले न्याययीक प्रक्रियामा जाने जानकारी दिएका हुन्।
इप्पानको निर्वाचन समितिले अयोग्य घोषणा गरेपछि पत्रकार सम्मेलन गर्दै अध्यक्षका प्रत्यासी मल्लले इप्पानका कार्यसमितिले जालझेल गरेर उम्मेदवारी रद्ध गराएको दाबी गरेका छन्।
२०७६ र २०७८ संशोधन गरिएका विधानको कुनै पनि बुँदाले आफूलाई अध्यक्षको उम्मेदवारी हुनबाट नरोकेको तर जालझेल गरेर निर्देशिकाबाट रोक्न खोजिएको मल्लको जिकिर थियो। मल्लले आफूलाई नियोजितरूपमा अयोग्य घोषित गरेको भन्दै आफू कानुनी उपचारमा जाने बताएका हुन्।
उता, मल्ललाई नियोजितरूपमा अयोग्य घोषित गरेपछि अध्यक्षका अर्का प्रतिस्पर्धी गणेश कार्की लगायतको समूहले आफूहरू निर्विरोध निर्वाचित भएको स्वघोषणा गरेको छ। सिंगो निजी जलविद्युत तथा ऊर्जा क्षेत्रको बदनाम हुने गरी गरिएका यस्ता गतिविधि तुरुन्त रोकिनुपर्ने र यसका लागि आफू कानुनी प्रक्रियामा जाने मल्लले बताए।
उनले संशोधन भएको निर्देशिका इप्पान कार्यसमितिले सार्वजनिक नगरी लुकाएको आरोप मल्लले लगाएका छन्। ‘विधानभन्दा माथि कुनै पनि नियम वा निर्देशिका हुँदैन, यो कानुनको सर्वमान्य सिद्धान्त हो’ उनले भने, ‘स्वच्छ प्रतिस्पर्धामा जान इप्पानका पदाधिकारी डराएर मलाई रोक्न खोजियो।’
उनले सोको विरुद्धमा उच्च अदालत पाटनमा रिट दर्ता गराएको र सो रिटको सुनुवाइ हुने बेला निर्वाचन समितिले अयोग्य घोषणा नभएको जानकारी गराएर निर्वाचन रोक्ने अन्तरिम आदेश रोकेको उनले बताएर्। अदालतमा निर्वाचन समितिले उम्मेदवारी खारेज नभएको जानकारी गराएको तर बुधबार अपराहन्न ५ बजे अयोग्य घोषणा गरेको पत्र थमाइयो’ उनले भर्ने यो नियतवस मलाइ प्रतिस्र्धामा आउन नदिएको हो।’
संशोधन गरिएको निर्देशिका लुकाइयो
सो अवसरमा इप्पानका महासचिव गोरे शेर्पाले अध्यक्ष कृष्णप्रसाद आचार्यले नै लामो समयसम्म निर्वाचन निर्देशिका लुकाएर राखको आरोप लगाएका छन्।
इप्पान निर्वाचन अधिकृतले मल्ल नेतृत्वको प्यानललाई निर्देशिका अनुसार प्रतिस्पर्धामा सहभागी हुन अयोग्य घोषणा गरेपछि संस्थाभित्रका गलत गतिविधि बाहिरिएको उनले बताए। निर्देशिकालाई पारदर्शी रूपमा बाहिर ल्याएर स्वस्थ निर्वाचन गर्नुपर्नेमा इपानका अन्य पदाधिकारीले सिन्डिकेड लादेको पनि उनको भनाई थियो।
‘मैले यस्तो अस्वस्थ तरिकाले निर्वाचन नगरौं, विधान संशोधन गरेरमात्र चुनावमा जाउँ भन्दा ममाथि भौतिक आक्रमणको प्रयास भयो’ उनले भने, ‘म विरामी भएर बस्दा मेरो अनुपस्थितिमा निर्देशिका जारी गरियो र अध्यक्षको निर्देशनमा लुकाएर राखियो’ हरेक सदस्यको हातमा निर्देशिका पुर्याएर पारदर्शी हिसाबले निर्वाचन गर्नुपर्नेमा त्यो व्यवस्था उल्लंघन गरिएको ऊर्जा व्यवसायी सूर्यप्रसाद अधिकारीले बताएका छन्।
यस्तै, इपानका महासचिव गोरे शेर्पालेसमेत बदनियतपूर्ण तरिकाले विधान संशोधन गरिएको र विधान विपरित निर्वाचन निर्देशिका जारी गरिएको बताए । ‘मैले गैरन्यायिक रूपमा विधान संशोधन नगरौं भनेर धेरै भने तर मेरो कुरा कसैले सुनेन, संस्थाको हितअनुकूल कुरा राख्दा ममाथि आक्रमण गर्ने सम्मका गतिविधि भए’ उनले भने, ‘यो अलोकतान्त्रिक विधान संशोधन नहुँदासम्म इपान स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था हुनै सक्दैन।’
इपान कार्यसमिति सदस्य अविज्ञा मल्लले इप्पान यतिसम्म अलोकतान्त्रिक ढंगबाट सञ्चालन हुन्छ भन्ने आफूले कल्पना सम्म नगरेको बताइन्। ‘म एउटा उत्साह र उमंगका साथ इपानमा प्रवेश गरेकी थिएँ, तर त्यहाँ त जालसाक्षी, षडयन्त्र र धोकाधडीका काम हुँदा रहेछन,’ उनले भनिन्, ‘एउटा व्यावसायिक संस्थामा यस्तो राजनीति हुनु कुनै अवस्थामा पनि सही मान्न सकिँदैन।’