काठमाडौं। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले पनि विद्युतीय सवारी चढ्ने भएका छन्। यसअघि फोर्डको गाडी चढिरहेका थापा विद्युतीय सवारीमा आकर्षित भएका हुन्।
उनले बिवाइडीको ‘एटो ३’ खरिद गरेका हुन्। नाडाका अध्यक्षलेनै विद्युतीय सवारी प्रयोग गरेपछि नेपालमा विद्युतीय सवारीको राम्रो प्रवर्द्धन हुने धेरैको विश्वास छ।
कस्तो छ त उनले किनेको गाडी?
थापाले बिवाइइडीको ‘एटो ३’ खरिद गरेका हुन्। नेपालमा बिवाइडी साइमेक्स इंकले बिक्री वितरण गर्दै आइरहेको छ।
यसमा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री जडित छ। बिवाइडीले तयार पारेको ब्लेड ब्याट्रीले कारलाई पूर्ण सुरक्षित पारेको छ।
एटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्छ। नेपालमा उपलब्ध बिवाइडीका कारमध्ये एटो ३ मा सबैभन्दा शक्तिशाली मोटर जडित छ। यसको एक्सिलेरेसन पावर झन उत्कृष्ट छ। एटो ३ ले ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गति समाउन सक्छ।
एटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ। जुनमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ। त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडिएएस) सुविधा पनि यसमा उपलब्ध छ।
एटो ३ को बाहिरी डिजाइन आकर्षक छ। थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित छन्। यसको हाल बजार मूल्य ६५ लाख ८८ हजार रहेको छ।