रुपन्देही। सामाजिक उत्तरदायित्वअन्तर्गत सनराइज बैंकको योगिकुटी शाखाले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।
शुद्धोधन गाउँपालिका–७ स्थित जनता माविमा निःशुल्क आँखा शिविर कार्यक्रम सञ्चालन गरिएको थियो। सो शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको
शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवा लिएका थिए ।
त्यसैगरी सनराइज बैंकको दुहबी शाखाद्वारा विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरसँगको सहकार्यमा गत २५ गते छिटाहा मावि, छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा निःशुल्क आँखा, दाँत, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदानजस्ता स्वास्थ्य सुविधा प्रदान गरिएको थियो। कार्यक्रममा १ सय ५१ जना सहभागी थिए।
हरेक वर्ष देशका विभिन्न स्थानमा गई त्यहाँका समुदायको आवश्यकतालाई अध्ययन गरी उनीहरूलाई आवश्यक स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, महिला सशक्तिकरण लगायतका विषयमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कामहरू गर्दै आएको बैंकले जनाएको छ।