काठमाडौं । सामान्यतया रासायनिक मल तथा बिषादी रहित उत्पादनलाई अर्ग्यानिक भनेर बुझने गरिन्छ । अझ, पराम्परागत रुपमा बुझ्दा गाईवस्तुको मल प्रयोग गरिएको उत्पादनलाई अग्र्यानिक मानिन्छ । अग्र्यानिक उत्पादन स्वास्थ्यको लागि लाभदायक हुने कारण सहरबजारमा बढी मूल्य तिररे भए पनि खरिद गर्न चाहनेहरु बढ्दो छन् ।
तर, अर्ग्यानिक उत्पादन हो/होइन परिक्षण गर्ने मापदण्ड नुहँदा उपभोक्ताहरु ठगिनुपर्ने अवस्थामा छन् । व्यापारीले कृत्रिम अर्ग्यानिकका नाममा बिषादी उत्पादन पनि बिक्री गरिरहेको पाइन्छन् । मुलुकभर अग्र्यानिक पसलका नाममा खुलेका पसलहरुमा बिक्रीका लागि राखिएका वस्तुहरु अग्र्यानिक हो÷होइन छुट्टयाउने मापदण्डका बिषयमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग आफै अन्योलमा छ ।
विभागले अग्र्यानिक फर्म, पसल तथा उद्योगलाई प्रमाणपत्र त दिन्छ तर, बिक्री हुने वस्तुका बिषयमा केहि भन्न सक्दैन । अग्र्यानिक वस्तु हेर्ने मापदण्ड नेपालको आफ्नै नभएकाले अन्र्तराष्ट्रि मान्यता र मापदण्डकै आधारमा प्रमाणपत्र दिने गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जन बताउछन् । ‘अग्र्यानिक हो÷होइन् भनेर जाँच गर्ने हाम्रो आफ्नै मापदण्ड छैन । अन्र्तराष्ट्रिय मापदण्डअनुसार नै अग्र्यानिक भनेर लोगो सहित प्रमाणपत्र दिने गर्छौ’ उनले भने, ‘अग्र्यानिक प्रमाणित नभइकन कसैलै विक्रि गर्न पाउँदैन् । त्यस्तालाइ ठगी मुद्दा लाग्छ ।’
उत्पादन प्रणालीका आधारमा अग्र्यानिक मापदण्ड हुनुपर्ने उनको भनाइ छ । विभागलाई अग्र्यानिक हो÷होइन भनेर अनुगमन गर्ने अधिकार नरहेको उनले बताए । अहिले तरकारीजन्य वस्तुको बिषादी ल्याव परिक्षण गरिन्छ । तर, अग्र्यानिक नै हो भनेर प्रमाणपत्र दिने संस्था छैन् । सरकारले अग्र्यानिक उत्पादनलाई अनिवार्य बनाएको मात्रै छैन अनुदान समेत दिने गर्छ ।
तर, अग्र्यानिक परिक्षणको स्पष्ट मापदण्ड बनाउन सकेको छैन् । सोहि कारण व्यापारीले रासायनिक मल तथा बिषादी प्रयोग भएका उत्पादनालाई पनि अग्र्यानिक भनेर ठगी गरिरहेका छन् । विभागले चिया, कफी र केही तरकारीजन्य वस्तुलाई अग्र्यानिक वस्तुका रुपमा प्रमाणपत्र दिएको छ । ‘१/२ ओटा चिया तथा कफीको सर्टिफिकेसन् दिएका छौं’ महर्जनले भने, ‘ती बाहेक अन्यले अग्र्यानिक प्रमाणित गरेरै विक्रि वितरण गर्नुभएको होला ।’