काठमाडौं। नेपाली बजारमा भिभो मोबाइललगायत एंकर र नोइजजस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले आफ्ना ग्राहकहरू समक्ष उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउनका निम्ति ताइवानको परिचित ‘प्रोमेट’ बान्डका सामाग्रीलाई नेपाल भित्र्याएको छ।
सन् २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले मोबाइल तथा अन्य प्रविधिका उपकरणहरूको बढ्दो मागलाई पूरा गर्दै आइरहेको छ। पूर्वदेखि पश्चिमभरि प्रवाभकारी वितरण सञ्जाल भएको सेल्लुसिटीले अनलाइन माध्यमाबाट प्रोमेटका उपकरणहरू वितरण गर्ने सोच बनाउँदै दराज अन्लाइन स्टोरसँग सहकार्य गरेको हो।
प्राविधिक रूपले जानकार र उच्च गुणस्तरका उपकरण खोज्ने उपभोक्ताहरूको आवश्यकतालाई पूरा गर्ने उद्देश्यले नेपालमा भित्राउन लागिएको बान्ड प्रोमेट एक ताइवान बान्ड हो। सन् २००१ मा स्थापना भएर बजारमा आफ्ना उपकरण उपलब्ध गराउँदै प्रोमेटले हाल सम्म लाखौँ ग्राहकको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कारहरू पनि प्राप्त गर्न सफल बनिसकेको छ।
स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन र युएसबी हबलगायत स्मार्ट वाच उत्पादन गर्दै आएको यस कम्पनीका सामान गुणस्तरीय र टिकाउ हुने गरेका छन्।
उत्पादनमा नवीनता, गुणस्तर, र ग्राहक केन्द्रित सेवालाई प्राथमिकतामा राख्दै उच्च गुणस्तर प्रविधिद्वारा प्रयोगकर्ताको जीवनलाई सहज बनाउने लक्ष्य बोकेको प्रोमेटलाई नेपाल भित्राउँदै सेल्लुसिटीले प्रोमेटका सामाग्री खरिदमा प्रयोगकर्तालाई आकर्षक अफर पनि दिने भएको छ।
नेपालमा प्रोमेटको आगमनको उत्सव मनाउन जेष्ठ २४ मा काठमाडौंस्थित सोल्टी होटलमा उद्घाटन कार्यक्रम सम्पन्न गर्दै सेल्लुसिटीले आफ्ना अफर सार्वजनिक गरेको छ।
स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन युएसबी हबलगायतका सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्ट वाचमा १२ महिनाको वारेन्टी दिँदै जेष्ठ ३२ सम्मको उद्घाटन अवधिभरि दराज फ्लास सेलमार्फत आफना सामग्री खरिद गर्ने दुई जनालाई सेल्लुसिटीले एक –एक वटा सुनको सिक्का दिनेछ।
त्यस्तै, पहिलो १५० ग्राहकलाई ३० प्रतिशत छुट र लक्की ड्र मार्फत ५ जनालाई प्रोमेटका सामाग्री केवल ९९ रुपैयामा प्रदान गर्ने पनि योजना सेल्लुसिटीले ल्याएको छ। एक साता लामो यो अफर दराज अनलाइन स्टोरमा फ्लास सेल नामले जेष्ठ ३२ सम्म लागू रहनेछ। यो उच्च गुणस्तरका उपकरण खोज्ने प्रयोगकर्ताका लागि एउटा सुवर्ण अवसर हो।