काठमाडौं। नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम्स (नेप्स) अन्तर्राष्ट्रिय संस्थाको सल्लाहकार समितिमा चयन भएको छ। पेमेन्ट कार्ड इन्डस्ट्रिज सेक्युरिटी काउन्सिल (पीसीआई एसएससी) को सल्लाहकार समितिमा नेप्से चयन भएको हो।
पीसीआई एसएससी कार्डमार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको अनवरत क्रम विकासलाई व्यवस्थित गर्न स्थापना भएको अन्तर्राष्ट्रियरुपमा मान्यता प्राप्त संस्था हो। भिसा, मास्टरकार्ड जस्ता जस्ता अन्तर्राष्ट्रिय कार्ड नेटवर्कले पीसीआई डिडिएस सर्टिफिकेसन अनिवार्य नै गरेका छन्।
कार्डमार्फत हुने कारोबारलगायत विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोबारको वातावरण सिर्जना गर्ने तथा विश्वव्यापी रुपमा नै विभिन्न सरोकारवालाहरुलाई समेटी पर्याप्त डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकास गरि लागु गर्ने उदेश्य लिएर बनेको संस्थाको सल्लाहकार समितिमा नेप्स चयन भएको हो।
नेप्सका अनुसार सल्लाहकार समितिमा भएका सदस्य संस्थाहरुले कार्डमार्फत हुने कारोबारमा डाटा सुरक्षासम्बन्धि मापदण्डहरुको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुका साथै, आ–आफ्नो बजार, भूगोल र प्राविधिक अनुभवहरु मापदण्डको विकासक्रममा प्रस्तुत गरि मापदण्डहरुलाई समयसापेक्ष बनाउन नेतृत्व पनि गर्छन्।
सल्लाहकार समितिको सन् २०२३–२०२५ को कार्यकालको २० सिटको लागि ६४ मनोनयन दर्ता भएको र सन् २०२३ मार्च १३ देखि २४ सम्म चुनाव भएको थियो। फलस्वरूप २०२३ जुन १ मा प्रकाशित नतिजा बाट नेप्स वित्तीय संस्था श्रेणीबाट मनोनित भएको हो।
मनोनित भएसँगै, नेप्सले अमेजोन, एप्पल, बन अफ अमेरिका, बार्क्लेज बैंक, युरोपियन पेमेन्ट काउन्सिल, एफडिएफसी बैंक, आईबिएम, जेपी मोर्गान, यस बैंक, पेपाल, माइक्रोसफ्ट जस्ता अन्तर्राष्ट्रियरुपमा ख्याती प्राप्त संस्थाहरुसँग मापदण्ड निर्धारण तथा कार्डमार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धि अन्य विषयहरुमा छलफल तथा ज्ञान आदान–प्रदान गर्नेछ।