काठमाडौं। विद्युतीय गाडी (इभी) 'वुलिङ' खरिद गर्नेले ६० किलाेमिटर माइलेज दिने इलेक्ट्रिक साइकल निःशुल्क पाउने भएका छन्।
कम्पनीले जेठ २३ बाट वुलिङ खरिद गर्ने ग्राहकलाई ६० किलाेमिटर माइलेज दिने बोच मोटर्स भएको सामसङको ब्याट्री भएको इलेक्ट्रिक साइकल निःशुल्क उपलब्ध गराउने स्किम लागू गरेको हो।
यो योजना जेठ २३ बाट कम्पनीले प्रारम्भ गरेको भएको र वुलिङ कार खरिद गर्न चाहे नजिकको वुलिङ इलेक्ट्रिक शोरुम नक्साल, भक्तपुर राधेराधे, भैंसेपाटीमामा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
नेपाली कर्पोरेट हाउस इतिहास मा ३१ वर्ष पुरानो र नेपालभरिका सबै ग्राहकको विश्वास जित्न सफल ग्रुपका रूपमा परिचित कम्पनी बज्र ग्रुप हो। विश्वका विभिन्न प्रसिद्ध ब्रान्ड नेपालमा ३१ वर्षदेखि बिक्री गर्दै आएको बज्र ग्रुपअन्तर्गतकाे कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरको इलेक्ट्रिक कार बिक्री वितरण गर्दै आइरहेको छ।
इन्डोनेसियन कार वुलिङ हाल नेपाली बजारमा २ सय र ३ सय किलाेमिटर रेन्जमा उपलब्ध छ। वुलिङ इलेक्ट्रिक कार रिमोटबाट नै चालू हुने, सजिलै घरमा चार्ज गर्न मिल्ने र १ सय रुपैयाँमा ३ सय किलाेमिटर कुद्न मिल्ने कार हो। यो कार चढेपछि खर्च बचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्समा खर्च नहुने, वातावरण स्वच्छ हुने रहेको जनाइएको छ।
नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्रान्डका रूपमा वुलिङ इभी कार चिनिन्छ। वुलिङ बहुराष्ट्रिय कम्पनी भएकाले अन्तर्राष्ट्रिय बजारमा राम्रो बिक्री गरी बजार हिस्सा ओगट्न सफल छ। यो कारलाई बजेट कारका रूपमा पनि चिनिन्छ।