काठमाडौं। बिवाइडी गाडीको आधिकारिक वितरक सिमेक्स इंकले विश्व वातावरण दिवसको अवसरमा ‘बिल्डिङ ड्रिम एन्ड फरेस्ट’ सिआएस पहलअन्तर्गत १५ सय रुख रोपेको छ। हरेक वर्ष जुन ६ तारिखमा पर्ने विश्व वातावरण दिवसको अवसरमा बिवाइडीले रुख रोपेको हो।
‘बिल्डिङ ड्रिम एन्ड फरेस्ट’ पहल क्रान्ति परियोजनाको सहयोगमा नवीकरण अभियान हो। काठमाडौंको चखन्दोल सामुदायिक वनको क्षेत्रफलमा विरुवमा रोप्नु बिवाइडीको ‘पृथ्वीलाई एक डिग्रीले चिसो बनाउने’ योजनाअनुसार रहेको छ।
सिमेक्स इंक रणनीतिक स्थानहरूमा १५ सय रूख रोपेर वनको पुनरुत्थानमा योगदान गर्न अगाडि बढिरहेको छ। यो पहल गरेर सिमेक्सले काठमाडौंमा वायु प्रदूषणको प्रतिकूल प्रभावलाई कम गर्न खोजेको छ।
यो अभियानले रूख रोपणको लागि दीगो प्रविधि प्रयोग गर्ने, समग्र र प्रभावकारी नवीकरण प्रक्रिया सुनिश्चित गर्दै चखन्दोल सामुदायिक वनभित्र पारिस्थितिकीय तन्त्रको विकासलाई बढावा दिने विश्वास बिवाइडीको छ।
वृक्षारोपण कार्यक्रममा पहिलो विरुवा वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले रोपेका थिए। सिमेक्सको कृक्षारोपण अभियानमा ग्राहक, पर्यावरण अधिवक्ता, सरकारी प्रतिनिधि र बिवाइडी नेपालको सम्मानित ब्रान्ड एम्बेसडर हरिवंश आचार्य उपस्थित थिए।
वातावरण संरक्षणमा साझा समर्पणको प्रतिनिधित्व गर्ने करिब २ सय रुखको रोपिएको थियो। बाँकी १३ सय रुख आगामी १५ दिनभित्रमा टोलीले रोप्ने बताइएको छ।
‘सपना र वन निर्माण’ अभियानको हिस्सा बन्न पाउँदा र चखन्दोल सामुदायिक वन पुनस्र्थापनाको सामूहिक प्रयासको साक्षी हुन पाउँदा म खुसी छु। म दीगो पहलको शक्तिमा विश्वास गर्छु, जसले वायु प्रदूषणविरुद्ध मात्र होइन, हरियाली र स्वस्थ भविष्य पनि सिर्जना गर्दछ। हामी सबै मिलेर वातावरण संरक्षण तर्फ यात्रा जारी राखौं, एक पटकमा एक रुख रोपौं,’ हास्य कलाकार एवं ब्रान्ड एम्बेसडर आचार्यले भने।
‘चखन्दोल सामुदायिक वनको क्षेत्र पुनः वन बनाउने प्रयासमा समुदायसँग मिलेर काम गर्न पाउँदा हामी हर्षित छौं,’ सिमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्। दिगो अभ्यास र सामुदायिक संलग्नतामा काठमाडौंका जनताका लागि हरियाली र स्वस्थ वातावरण राख्न सहयोग गर्ने उद्देश्य बिवाइडीको छ।
काठमाडौं कागेश्वरी मनोहराको आधुनिक अनुसन्धान नर्सरीमा १५ सय रूख हुर्किएका हुन्। वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र हात्तीसार, काठमाडौंको सहकार्यमा आयोजनाका लागि बिउ देशका विभिन्न भागबाट ल्याइएको हो।
विश्व वातावरण दिवसमा सिमेक्स ‘बिल्डिङ ड्रिम एन्ड फरेस्ट’ अभियानले वातावरण संरक्षण र दीगो भविष्यका लागि आवश्यक सामूहिक प्रयासको उदाहरण दिने बिवाइडीले जनाएको छ।