काठमाडौं। आन्तरिक राजस्व विभागले पुँजीगत लाभरकका सम्बन्धमा फेरि सच्याएर दोस्रो विज्ञप्ति जारी गरेको छ। गत बुधबार विभागले लगानीकर्ताले तिरिरहेको ५ प्रतिशत र ७.५ प्रतिशत कर नै अन्तिम हुने सूचना जारी गरेको थियो।
तर, त्यस सूचनाले भ्रम पैदा गरेको भन्ने आम गुनासो बढेपछि बिहीबार पुनः सच्याएर अर्को विज्ञप्ति जारी गरेको विभागले जनाएको छ। नयाँ सूचनाअनुसार प्राकृतिक व्यक्तिका लागि हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने उल्लेख गरिएको छ।
व्यवसाय गर्नेका लागि मात्र नयाँ व्यवस्था आकर्षित हुने जानकारी गराइएको छ। व्यवसाय भन्नाले कम्पनी खोलेर कारोबार गर्नेहरु रहेको विभागले जनाएको छ। विज्ञप्तिमा भने व्यवसायमात्र उल्लेख गरिएको छ।
यसअघि बजेटमा गरिएको व्यवस्थाले सेयर बजार बेस्सरी प्रभावित भएपछि आन्तरिक राजस्व विभागले लिखितरुपमै सूचना जारी गर्नु परेको हो।
विभागले सेयर बिक्री गर्दा प्राप्त हुने लाभमा साबिककै कर अर्थात् ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हो र यस व्यवस्थामा कुनै पनि परिवर्तन नगरिएको जानकारी गराएको छ।
साथै, विभागले सेयर लगानीकर्ताका संगठनहरुद्वारा जारी विज्ञप्ति, सञ्चार माध्यममा आएका समाचारहरुले पनि लगानीकर्तामा दुविधा उत्पन्न भएको बुझिएकाले थप प्रस्ट पारिएको उल्लेख गरेको छ।
यस्तो छ बिहीबार सच्याएर जारी गरिएको विज्ञप्ति, बुधबार जारी गरिएको विज्ञप्ति