काठमाडौं । विभिन्न कारणले २५ रुग्ण जलविद्युत् आयोजना बचाउन विद्युत् नियमन आयोगको सक्रियता बढेको छ ।
आयोगले रुग्ण जलविद्युत् आयोजनाका लागि ३ प्रतिशतसम्म पुनर्कजाको व्यवस्था गर्नका लागि नेपाल राष्ट्र बैंकलाई पत्राचार समेत गरेको छ ।
आइतबार आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले राष्ट्र बैंकका गभर्नर चिरञ्जिबि नेपाललाइ भेटी रुग्ण जलविद्युत् आयोजना बचाउन पुनकर्जाको व्यवस्था गर्न आग्रह गरेका थिए ।
आयोगको पत्रका आधारमा बैंकले १ प्रतिशत व्याजदरमा रुग्ण आयोजनालाई पुनकर्जा दिने सक्ने व्योहोराको पत्र आयोगलाइ प्राप्त भएको सिंहले बताए ।
आयोगले रुग्ण आयोजना अध्ययन गरी रुग्ण घोषित गरिदिन ऊर्जा मन्त्रालयलाइ समेत पत्राचार गरेको बिष्टले बताए । त्यस्तै, आयोगले हाइड्रोलोजी जोखिमबापत पेनाल्टी तिर्न नपर्ने व्यवस्था प्रस्ताव गरेको छ ।
यसअघि १० प्रतिशत स्पिनीङ रिजर्भ नभएको अवस्थामा पैसा तिर्नुपर्ने प्रवद्र्धकले त्यसको सट्टा पैसा पाउने र केही गरि प्रक्षेपित भन्दा बढी उत्पादन गरेको खण्डमा पनि विद्युत् खरिदकर्ताले सोको भुक्तानी गर्नुपर्ने प्रावधान जारी निर्देशिकामा व्यवस्था गरिएको छ ।
आयोगले रुग्ण आयोजनाका लागि गरेको उक्त निर्णयले ऊर्जाक्षेत्रको संरक्षण्मा महत्वपूर्ण भूमिका खेलेको सिंहको भनाइ छ ।
रुग्ण जलविद्युत् आयोजनका लागि आयोगको सक्रियता सकारात्मक रहेपनि त्यसको कार्यान्वयन पक्ष छिटो हुनुपर्ने स्वतन्त्र ऊर्जा उतपादकहरुको संस्था (इप्पान) नेपालका उपाध्यक्ष कुमार पाण्डेले बताए ।
उनले रुग्ण आयोजना घोषित गरी सरकारले जिम्मा लिनुपर्ने बताए । उनले विगतमा पनि यस्तै आश्वासन र ऐनमै लेखिएको कुरा व्यवहारमा लागू नभएको भन्दै प्रथमतः आयोगले अघि बढाएको कुरा स्पष्ट निर्देशिका बनाएर कार्यान्वयनमा लैजानुपर्ने पाण्डेको तर्क छ ।