काठमाडौं । चिनियाँ विद्युतीय गाडी बिवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले सरकारले उल्लेख गरे बमोजिम गाडीको ब्याट्री व्यवस्थापनको प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीले एक सूचना जारी गर्दै सरकारले विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा बजेटमा उल्लेख गरे बमोजिम गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।
वन टेक्नोलोजी भएका साधन ल्याएर बिक्री गर्ने हामीले समाज र राष्ट्र प्रति सधैँ उत्तरदायी भएर काम गर्दै आएका छौं । भोलिका दिनमा पनि त्यही रफ्तारमा काम गर्न हामी प्रतिबद्ध छौं जारी सूचनामा भनिएको छ, विद्युतीय साधनको सबैभन्दा चुनौति पूर्ण मानिएको ब्याट्री ब्यवस्थापना गर्न हामी निरन्तर लागि रहेका छौं।
कम्पनीले सवारीसाधनबाट निस्कने पुराना ब्याट्रीको उचित ब्यवस्थापनको कयौं तरिका भएको उल्लेख गर्दै पावर ब्याकअप गर्नेदेखि पूर्णरुपमा ड्रेन भएको ब्याट्री रिसाइकलको लागि बाहिर पठाउने विषयमा सम्पूर्ण तयारी गरेर बसेका जानकारी दिएको छ।
हामी हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम छौं। साथै, प्रतिवद्धता ब्यक्त गर्दछौं, सूचनामा भनिएको छ, यसले भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ साइटबाट नेपाललाई बचाउने हाम्रो विश्वास छ।
त्यसैले बीवाइडीका सम्पूर्ण ग्राहकलाई ढुक्क भएर आफ्नो उत्पादनको प्रयोग गर्न कम्पनीले आग्रह गरेको छ। साइमेक्स इंकले विगतदेखि नै ब्याट्री मेनेजमेन्ट सिस्टमलाई दुरुस्त बनाउने काम गर्दै आएको दाबी गरेको छ।