काठमाडौं। स्मार्टफोन ब्रान्ड रियलमिले एन सिरिजअन्तर्गतका दुई स्मार्टफोन नार्जो एन५३ र एन५५ सार्वजनिक गरेको छ।
कम्पनीले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।
एनले संकेतात्मक रूपमा विविधता, नयाँपन र असीमित सम्भावनालाई जनाउने कम्पनीले बताएको छ। रियलमी नेपालले यी मोडलहरू आफ्नो छुट्टै रुची, लगाव र लक्ष्य भएका जेनेरेसन जेड (जेन जि) को लागि डिजाइन गरिएको जानकार दिएको छ।
यी नयाँ स्मार्टफोनहरूमा ब्याट्री (चार्जिङ), चिपसेट (कार्यसम्पादन) र क्यामेराहरूमा आधुनिक अपडेटका साथ स्मार्टफोनको बजारमा नयाँ परिवर्तन ल्याउने कम्पनीले दाबी गरेको छ। रियलमी अहिलेसम्मकै सबैभन्दा ठूलो स्लिम मोडल–नार्जो एन ५३ स्लिम मोडल हो। यसमा ३३ वाटको फास्ट चार्जिब, अद्घित्तिय क्यामरा र लेटेस्ट चिपसेट रहेको छ। त्यस्तै यसमा ९० हर्जको आकर्षक एफएचडि डिस्प्ले र नयाँ मिनी क्याप्सुल फिचर रहेको छ। यो एन सिरिजको नेक्स्ट जेन क्विक र नेक्स्ट जेन सिक स्मार्टफोन हो।
ब्याट्रिको असली पावर हाउस – नार्जो एन ५५ नार्जो एन ५५ मा शक्तिशाली ५००० एमएएचको ब्याट्रि र सुपर फास्ट ३३ वाटको सुपर भोक चार्जिङ भएकोले छोटो समयमा फोन चार्ज हुन्छ। त्यस्तै यसमा ६४ एमपिको एआइ क्यामरा र ८ एमपिको सेल्फी क्यामरा रहेको छ। ९० हर्जको रिफ्रेस रेट भएको फुल एचडी प्लस डिस्प्लेले गर्दा फोन चलाउन एकदमै सहज अनुभव हुन्छ।
साथै यसमा मेडियाटेक हेलियो जि८८ चिपसेट, १२ जिबीको डाइनामिक र्याम, रियलमि युआइ ४.० र नयाँ अटो पिक्सलेट सेफ्टी फिचर पनि रहेको छ।
नार्जो एन५५ दुई भेरिएन्टमा उपलब्ध छ। जसमा ४ जिबी, ६४ जिबीको मूल्य २० हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ भने ६ जिबी, १२८ जिबीको मूल्य २४ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ।
नार्जो एन५३ पनि दुई मोडलमा सार्वजनिक भएको छ। यसमा ४ जिबी, ६४ जिबीको मूल्य १५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने ६ जिबी १२८ जिबीको मूल्य १८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। यी मोबाइल दराजमा जुन ४ बाट बुकिङ गर्न सकिने कम्पनिले जनाएको छ। साथै जुन ७ बाट भने बिक्री सुरु हुनेछ।