काठमाडौं । नेपालभर सञ्चालन गर्ने गरी ३ सय बिद्युतिय बस खरिद गर्ने अन्तिम चरणमा साझा यातायात सहकारी सस्था थियो । बस खरिदका लागि प्राबिधिक समिति बनाएर कर्मचारी भर्नाको तयारी भइरहेको थियो । खरिद प्रकृयाको अन्तिम चरण (टेन्डर ) निकाल्ने तयारी हुदै थियो । तर, अचानक तालुक मन्त्रालय भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको एउटा पत्रले सबै योजना चकनाचुर भयो ।
गत असोज १ मा यातायात मन्त्रालयले बिजुली बस खरिद प्रक्रिया अघि नबढाउन भन्दै साझा यातायातलाई पत्र पठायो । साझाले सो पत्र पाएको दुई महिना बितिसकेको छ । त्यसपछि बस खरिद प्रकृयामा कुनै प्रगाति भएको छैन । साझा यातायात के गर्ने भन्ने बिषयमा अन्योल भएर बसेको छ । मन्त्रालयले बस खरिद गर्न भन्दै साझा यातायातलाई अघिल्लो आर्थिक बर्षको अन्त्यमा ३ अर्ब रुपैयाँ निकासा गरेको थियो । साझा यातायातले पनि दशै अगाडी नै सम्पर्ण प्रकृया पुरा गरेर नेपाली सडकमा बिजुली बस गुडाउने प्रतिबद्धता ब्यक्त गरेको थियो ।
साझाको सोहि प्रतिबद्धतालाई पत्याएर मन्त्री महासेठले दशैं अघि नै बिजुली गुड्ने भन्दै भाषण गर्दै हिडे । तर, रकम निकासा भएको तीन महिना बित्दा पनि प्रगति शुन्य देखिएपछि पूर्वाधार मन्त्री रघुबिर महासेठ रुष्ट थिए । त्यसपछि मन्त्रालयकै निर्देशनअनुसार साझाले खरिद प्रक्रिया अघि बढाउन सकेन । सरकार—सरकाबीच(जीटुजी)मार्फत बस खरिद गर्ने निर्णयअनुुसार साझालाई जिम्मा दिइयो । सोहि ‘स्पेसिफिकेसन लेटर’ अनुसार साझाले बस खरिद गरेको भए अहिलेसम्म बिजुली बस गुडिसक्थ्यो ।
बस खरिदमा ढिलाई भएपछि मन्त्री महासेठले जीटुजीमार्फत फास्ट्र ट्रयाकमा भए नी बस गर्न निर्देशन दिँदै आएपनि साझाले टेरेन । आफ्नै निर्णयर गरे साझा चल्न खोजेपछि मन्त्रालयले स्ष्पटीकरण सोधेको थियो ।
‘मन्त्रालयको पत्र अस्वाभाविक’
बस खरिद प्रकृया सरकारको योजना अनुसार नै अघि बढेको भएपनि मन्त्रालयको पत्रकै कारणले स्थगित गर्नुपरेको साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितको तर्क छ । सरकारकै निर्णय अनुसार खरिद प्रक्रिया अघि बढाइएको भएपनि मन्त्रालयको पछिल्लो निर्णय अस्वाभाविक रहेको उनको भनाइ छ ।
बस खरिद प्रकृया रोक्नुभन्दा साझा वा अन्य बिकल्प खोज्नुपर्ने स्वयं अध्यक्ष दिक्षित बताउछन् । असोज १ गते साझाले पत्र पाएपछि तीन पटक प्रकृया रोकिएको बिषयमा वास्तबिक जानकारी पठाएको तर, मन्त्रालयबाट कुनै प्रतिक्रिया नआएको दिक्षितले बताए । यता, मन्त्री महासेठले भने बस खरिद साझाले नै गर्ने र छिट्टै छलफल गरी टुङ्गो लगाउने प्रतिक्रिया दिए ।
गुपचुपमै साझा
३ सय बिजुली बस कसरी खरिद गर्दैछ भन्ने जानकारी साझाले अहिलेसम्म सार्वजनिक गरेको छैन । साझालाई ३ अर्ब रुपैयाँ बजेट निकासा गर्ने कार्यक्रममा मन्त्री महासेठ र साझाका प्रतिनिधी थिए । त्यसयता, साझाले के—कस्तो काम ग¥यो र प्रक्रिया कहाँ पु¥यायो भन्ने जानकारी सार्वजनिक गर्न चाहेन । पहिलो पटक बिजुली बस कहिले सञ्चालन हुने बिषयमा आम सर्वसाधारणहरु पनि निक्कै जिज्ञासु थिए । तर, अहिले साझाले आफ्नो गतिविधि सधै गुपचुप नै राख्यो । तर, बिजुली बस सञ्चालन गरिसकेको नीजि कम्पनी सुन्दर यातायातले विभिन्न समयमा पत्रकार सम्मेलन मार्फत गतिविधि सार्वजनिक गर्दै आएको छ । साझामा ९९ प्रतिशत सरकारी स्वामित्व छ । यसअघि बिजुली बस चलाउन छुट्टै यातायात प्राधिकरण गठन गर्ने भनिएपनि त्यो पनि अघि बढ्न सकेको छैन ।