काठमाडौं । बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिको व्यापार बढ्दै गएको छ। उद्योगले सन् २०२२ मा १४ अर्ब २७ करोड ३० लाख रुपैयाँको जस्ता र ब्ल्याक पाइपलगायत अन्य निर्माण सामाग्री व्यापार गरेको छ। उद्योगले २०२१ मा १३ अर्ब ६१ करोड ७० लाखकाे कारोबार गरेको थियो।
यस्तै २०२० मा आरतीको जस्ता व्यापार १२ अर्ब ३२ करोड रुपैयाँ थियो। उद्योगको वित्तीय विवरण हेर्दा वर्षेनि कारोबार बढ्दै गएको देखिएको छ। २०२३ को नाै महिनामा आरतीले १० अर्ब ६३ करोड २० लाख रुपैयाँको जस्ताको व्यापार गरेको छ।
आरतीको निर्यात १९ प्रतिशत घटे पनि वस्तुको मूल्य बढेकाले कारोबार रकम बढी देखिएको हो। कच्चा पदार्थको भाउ उच्च भए पनि उद्योग १२ प्रतिशत मार्जिन राख्न सफल भएको छ। उद्योगको निर्यातबाट हुने आम्दानी २ अर्ब ९७ करोड ३० लाख रुपैयाँ छ। यो कूल आम्दानीको २१ प्रतिशत हो।
२०२१ म कूल आम्दानीको ५ प्रतिशत अर्थात ६८ करोड रुपैयाँ मात्र थियो। निर्यात बढेकाले व्यापार पनि बढेको उद्योगले जनाएको छ।
उद्योगले ११ अर्ब ७६ करोड ९४ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
जसअनुसार २ अर्ब ४८ करोड ९४ लाख रुपैयाँ दीर्घकालिन र ९ अर्ब २८ करोड रुपैयाँ अल्पकालिन ऋण रहेको छ। उद्योगले ऋणको १४ करोड २० लाख रुपैयाँ ब्याज बैंकलाई बुझाउनु पर्छ। यसले पनि यसले उद्योगको खुदनाफामा असर गर्छ।
अस्थायी ब्याज दर व्यवस्थाले गर्दा त्रैमासिक आधार दरमा एक निश्चित प्रिमियम थपिन्छ। ब्याज दर परिवर्तन हुन्छ। नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको आधार दर निकै अस्थिर छ।
यसले ब्याजदर तलमाथि हुने गरेको छ। किनभने तिनीहरू प्रणालीमा उपलब्ध तरलताबाट प्रभावित हुन्छन्। जसले ब्याज दरहरूमा परिवर्तन ल्याउँछ। एएसपीएलले हाल एचआर कोइल, पेन्ट, एल्युमिनियम आदि प्रमुख कच्चा पदार्थको रूपमा प्रयोग गर्दछ। यि कच्चा पदार्थ भारत र चीनबाट आयात गरिन्छ।
कोल्ड रेटिङ मिल्स पूर्ण क्षमतामा सञ्चालनमा आएपछि उद्योगको व्यापार बढेको छ। उद्योगले गत वर्षनै वार्षिक १ लाख ५० हजार टन जस्ता उत्पादन गर्ने कोल्ड रोलिङ मिल्स प्लान्ट सञ्चालनमा ल्याएको हो। यसअघि आरतीले क्वाइल भारत र चीनबाट आयात गर्दै आएको थियो। आफैले उत्पादन थालेपछि यसको आयात बन्द भएको उद्योगले जनाएको छ।
उद्योग कोल्ड रोल्ड स्टिलमा आत्मनिर्भर भएको छ। यसले भारतमा निर्यातका लागि पनि बाटो खुलाएको आरतीले जनाएको छ। डलरको मूल्यमा आउने उतारचढाले कच्चा वस्तुको भाउमा असर पर्ने गरेको छ। वार्षिक५५ हजार टन क्षमताको ग्याल्भेनाइज लाइनको क्षमता बढाएर १ लाख टन क्षमतामा पुर्याएको छ। लाइनले मध्य सेप्टेम्बर २०२१ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो। उद्योगले उत्पादन गर्ने ग्याल्भलुम सिटमा मार्जिनको दायरा उच्च छ।
ग्याल्भेनाइज्ड सिटको तुलनामा जसले कम्पनीको नाफा प्रोफाइललाई अगाडि बढाउनेछ। उद्योगले आरती सुरक्षा र आरती स्पेक्ट्रा जस्ता पाता र पाइपहरु उत्पादन गर्दै आएको छ।
सन् २००१ मा नेपाल–भारत संयुक्त लगानीमा आरती स्ट्रिप्स स्थापना स्थापना भएको हो। उद्योगमा विभिन्न ४ भारतीय कम्पनीहरुको लगानी छ। उद्योगले विगत १७ वर्षदेखि रंगिन जस्तापाता र ७ वर्षयता ब्ल्याक पाइप उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ। कम्पनीले आरती सुरक्षाअन्तर्गत एमएस पाइप, आरती स्पेक्ट्रा ब्राण्डमा रंगिन जस्तापाता उत्पादन गर्दै आएको छ।
यस्तै आरती पर्फेक्ट र आरती टाइगर ब्रान्डमा टीएमटी बार आरती पर्फेक्ट र आरती टाइगर ब्रान्डमा र ग्याल्भनाइजड सिट आरती सिल्भर ब्रान्डमा बिक्रीवितरण हुँदै आएको छ।
उद्योगको उत्पादन क्षमता वार्षिक ३ लाख ८१ हजार टन रहेको छ। उद्योगले भारतमा जस्तापाता निर्यात गर्दै आएको छ। उद्योगको नेपालभर २०० डिलर रहेका छन्। आरतीको कारखाना मोरङको विराटनगरमा छ।