भ्रमण वर्ष २०२० सङ्घारमा छ । भ्रमण वर्षमा नेपाल आउने पाहुनालाई देखाउने प्रडक्ट नै तयार नभएको आरोप सरोकारवालाले लगाएका छन् । तर, नेपालका केही गन्तव्य यस्ता छन्, जसलाई प्रवद्र्धन गर्नुपर्नेमा सरकारले उल्टै निषेध गरेको छ । धेरै पर्यटक जुन स्थानमा जान चाहन्छन्, त्यस्ता क्षेत्रलाई निषेधित क्षेत्र भनेर सरकारले रोक लगाएको छ, र त्यहाँ जाने अनुमति पाउन निकै सकस छ । चीनसँग नाका जोडिएका १३ जिल्लाका ३३ स्थानलाई सरकारले निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ ।
चीनसँग नाका जोडिएका निर्देशित र निषेधित क्षेत्रमा सरकारसँग विशेष अनुमति लिएर मात्र जान पाइन्छ । त्यस्ता ठाउँमा जाने अनुमति लिनका लागि पर्यटकलाई एक सातासम्म समय लाग्ने गरेको छ । त्यसैले पर्यटकहरु आजको भोलि नै गएर आउँछु भन्न सक्दैनन् ।
‘कतिपय पर्यटकहरु समयाभावका कारण एक दिन काठमाडौं आउने, अर्को दिन निषेधित क्षेत्र घुमेर त्यही राति फर्कन खोज्ने पनि हुन्छन्, तर अनुमति नपाउँदा धेरै समस्या हुन्छ,’ एक पर्यटन व्यवसायीले भने । निषेधित क्षेत्रमा जान अनिवार्यरुपमा दुई जना विदेशी हुनैपर्छ र साथमा गाइड पनि हुनु पर्छ ।
कतिपय पर्यटक एक्ला एक्लै आएका हुन्छन् र उनीहरु पनि निषेधित क्षेत्रमा जान चाहन्छन् । तर, यहाँको नियमानुसार तत्काल अनुमति नपाउने भएकाले मन कुँडाएर फर्कन्छन् । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)का पूर्व महासचिव आङपेम्बा शेर्पाले निषेधित क्षेत्रमा सरकारको कडाइले पर्यटन व्यवसायीलाई फाइदा पुगे पनि प्रक्रिया झन्झट रहेको बताउँछन् । निषेधित क्षेत्रमा जान गाइड लिएर जानुपर्ने अनिवार्य व्यवस्थाले पर्यटन व्यवसायीलाई राम्रो भए पनि त्यहाँ लाग्ने दोहोरो करले मारमा परेको उनको भनाइ छ ।
गत साउनबाट लागू हुने गरी सरकारले दोहोरो कर लगाएको छ । कतिपय ठाउँमा अहिले सडक सञ्जाल पुगिसकेका कारण सरकारले निर्धारण गरेको समयभन्दा अगावै पुगेर आउन सकिने भए पनि शुल्क भने निर्धारित समयअनुसारकै दिनुपर्छ । निषेधित क्षेत्रमध्ये धेरैजसो पर्यटक जाने भनेको हुम्ला, हिल्सा, मुस्ताङ, मनास्लु, चुमभ्याली, डोल्पालगायतका स्थान हुन् ।
विषेश गरी माथिल्लो मुस्ताङ र माथिल्लो डोल्पामा जाने पर्यटकले दोहोरो शुल्क दिनु पर्छ । पहिला त्यस क्षेत्रमा जाँदा हिमाल चढ्ने शुल्क मात्र तिर्नु पथ्र्यो, तर अहिले परमिट शुल्कसमेत बुझाउनु पर्छ । त्यस क्षेत्रमा जान प्रतिव्यक्ति १० दिनको ५ सय अमेरिकी डलर तिर्नुपर्छ र १० दिनभन्दा बढीको परमिट लिनु परेमा दैनिक ५० डलर लाग्छ । निषेधित क्षेत्रमा पर्यटकलाई मात्र हैन, त्यहाँका स्थानीयलाई समेत निकै सकस छ । निषेधित क्षेत्रका कोही बिरामी भएर तत्काल हेलिकप्टरमार्फत उद्धार गर्नुपरेमा गृहमन्त्रालयमा अनुमति लिन अनिवार्यरुपमा सम्बन्धित व्यक्तिको नागरिकता चाहिन्छ ।
तर, तत्काल नागरिकता पेस गर्न नसकिएको अवस्थामा अनुमति लिन निकै समस्या पर्ने गरेको कैलाश हेलिकप्टर प्रालिका प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डे बताउँछन् । निषेधित क्षेत्रकै कारण सरकारले आम्दानी गरिरहेको गृहमन्त्रालयका सह–प्रवक्ता रामकृष्ण सुवेदीको भनाइ छ । विदेशका विभिन्न भागमा फोटोसमेत खिच्न नपाइने भन्दै नेपालका पनि केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले थप आम्दानी गरेको उनी बताउँछन् । सडक सञ्जाल पुगेका निषेधित क्षेत्रमा भने अनुमतिको समय केही फेरबदलका विषयमा छलफल गर्ने सुवेदीको भनाइ छ । तर, हेलिकप्टरबाट बिरामी उद्धारका लागि कुनै समस्या नभएको उनी बताउँछन् ।
सकेसम्म नागरिकता चाहिने भए पनि कतिपय घटनामा बिरामीको उद्धारपछि आवश्यक डकुमेन्ट बुझाउने गरी अनुमति दिने गरिएको उनले बताए । निषेधित क्षेत्रलाई खुकुलो बनाउने विषयमा पर्यटनमन्त्री योगेश भट्टराई सकारात्मक देखिएका छन् । उनले भ्रमण वर्षमा ती क्षेत्रमा जाने पर्यटकलाई अनुमति लिन केही सहज बनाउने विषयमा सम्बन्धित मन्त्रालयहरुसँग छलफल गर्ने बताएका छन् ।
निषेधित क्षेत्र तथा त्यहाँ जान पर्यटकले तिर्नुपर्ने शुल्क ः
१. ताप्लेजुङ : कञ्चनजङ्घा प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाँउपालिका ६ र ७ वडाका सम्पूर्ण भू–भाग, साविकका लेलेप र ओलाङचोङगोला गाविसका सम्पूर्ण भू–भाग, मिक्वाखोला गाँउपालिका वडा नं. ५ को सम्पूर्ण भू–भाग, साविकको पापुङ गाविसको सम्पूर्ण क्षेत्र, सिरिजङ्घा गाँउपालिका वडा नंं. ८ को सम्पूर्ण भू–भाग तथा साविक याम्फुदिन गाविसको सम्पूर्ण भू–भाग । यसै क्षेत्रमा कञ्चनजङ्घा संरक्षण क्षेत्र पनि पर्छ । संरक्षण क्षेत्रमा विषेश गरी विश्वमै दुर्लभ र लोपोन्मुख मानिएको रेडपान्डा (हाब्रे) पाइन्छ ।
लाग्ने दस्तुर
पहिलो चार हप्तासम्म प्रतिव्यक्ति प्रतिहप्ता १० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा र त्यसपछि प्रतिव्यक्ति प्रतिहप्ता २० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
२. सङ्खुवासभा
प्रदेश १ मा पर्ने सङ्खुवासभाको भोटखोला गाँउपालिका वडा नं. १ देखि ५ सम्मको सम्पूर्ण भू–भाग, साविकका किमाथाङ्का, चेपुवा र हटियाका सम्पूर्ण भू–भागसहित पावाखोला गाविस वडा नं. १ देखि ३ सम्मको सम्पूर्ण भू–भाग, मकालु गाँउपालिका वडा नं. ४ को सम्पूर्ण भू–भाग तथा साविक पावाखोला गाविसको वडा नं. ४ देखि ९ सम्मको सम्पूर्ण भू–भाग । सङ्खुवासभा जिल्लामै मकालु–वरुण राष्ट्रिय निकुञ्ज छ ।
लाग्ने दस्तुर
पहिलो चार हप्तासम्म प्रतिव्यक्ति प्रतिहप्ता १० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा र त्यसपछि प्रतिव्यक्ति प्रतिहप्ता २० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
३. सोलुखुम्बु
प्रदेश १ कै सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाँउपालिका वडा नं. ५ को भू–भाग, साविकको नाम्चे गाविस वडा नं. ८ र ९ को सम्पूर्ण भू–भाग, साविकको नाम्चे गाविसको चामेदेखि नाङपाला जाने उत्तर–पश्चिमको सम्पूर्ण क्षेत्र । सोलुखुम्बुमै सर्वोच्च शिखर सगरमाथा छ भने सगरमाथा राष्ट्रिय निकुञ्ज पनि यहीँ छ । विश्वका साहसी तथा प्राकृतिक एवम् सांस्कृतिक विषयमा चाख राख्नेहरूलाई यस जिल्लाले सधैं आकर्षित गर्ने गरेको छ ।
लाग्ने दस्तुर
पहिलो चार हप्तासम्म प्रतिव्यक्ति प्रतिहप्ता १० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा र त्यसपछि प्रतिव्यक्ति प्रतिहप्ता २० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
४. दोलखा जिल्लाको गौरीशङ्कर तथा लामाबगर क्षेत्र
प्रदेश ३ मा रहेको दोलखाको गौरीशङ्कर र लामाबगर क्षेत्रका विभिन्न भागलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरिएको छ । गौरीशङ्कर गाँउपालिका वडा नं. ९ को सम्पूर्ण भू–भाग, साविक गौरीशङ्कर गाविसको वडा नं. १ को भू–भाग र बिगु गाँउपालिका वडा नं. १ को सम्पूर्ण भू–भाग, साविकको लामाबगर गाविसको वडा नं. १ को भू–भाग, गौरीशङ्कर गाँउपालिकाको वेदिङ्ना र च्छोरोल्पा क्षेत्र तथा बिगु गाँउपालिकाको लप्ची क्षेत्रसमेत । गौरीशङ्कर हिमाल र गौरीशङ्कर संरक्षण क्षेत्र यहीँ छन् । संरक्षण क्षेत्रमा रेडपान्डालगायत लोपोन्मुख जनावरहरु पाइनुका साथै विभिन्न हिमाललाई नजिकबाट नियाल्न सकिन्छ ।
लाग्ने दस्तुर
प्रतिव्यक्ति प्रतिहप्ता १० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
५. रसुवा
प्रदेश ३ मै पर्ने रसुवाको गोसाईंकुण्ड गाँउपालिका वडा नं. १ को सम्पूर्ण भू–भाग र २ वडाको आंशिक भू–भाग, साविकको थुमन गाविसको सम्पूर्ण भू–भाग र टिमुरे गाविसको आंशिक भू–भागलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । गणेश हिमाल, लाङटाङ हिमाल, लिरुङ हिमाल, यालापिक, लाङसिसा, स्याङजेन खर्क आदि यस प्रदेशका प्रमुख चुचुरा हुन् । तामाङ जाति र बौद्ध धर्मको प्रधानता रहेको यस जिल्लाका धेरैजसो स्थानमा गुम्बा निर्माण गरिएका छन् । गोसाईंकुण्ड, क्यान्जिन भ्याली, सूर्यकुण्ड, पार्वतीकुण्ड, तातोपानी, घोडातबेला, लाङटाङ, चन्दनबारी, धुन्चे तथा स्याप्रु आदि यहाँका मुख्य पर्यटकीय क्षेत्र हुन् ।
लाग्ने दस्तुर
प्रतिव्यक्ति प्रतिहप्ता १० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
६. गोरखा चुमभ्याली क्षेत्र (सिर्दिवास–लोक्पा–चुमलिङ–छेकम्पार–निले–छुले)
गण्डकी प्रदेशमा रहेको गोरखाको चुमनब्री गाँउपालिकाको वडा नं. ३, ६ र ७ का सम्पूर्ण भू–भाग, साविकका सिर्दिवास, चुम्चेत र छेकम्पार गाविसको सम्पूर्ण भू–भाग । मनास्लु संरक्षण क्षेत्र पनि यसै गाउँपालिकामा पर्छ । यहाँ राजेन गुम्बा, मु गुम्बा, मिलारेपा थिरन्फु छन् । उता, नुब्रीमा पनि उत्तिकै मनमोहक ठाउँ छन् । गोम्बालोम्टाङ, गणेश हिमालको बेसक्याम्प नजिकै धोरचोङ पास, कुताङ क्षेत्र, सेराङ, कालताल, इनाङ गुम्बा, हिमालचुली हिमालको फेदमा पुंगेन हिमनदी, मनास्लु बेसक्याम्प, रुइला पास, लार्के पास, काल ताल र खर्कहरू यहाँका घुम्ने मुख्यमुख्य ठाउँ हुन् ।
लाग्ने दस्तुर
सेप्टेम्बरदेखि नोभेम्बरसम्म पहिलो आठ दिनका लागि प्रतिव्यक्ति ३५ अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा तथा डिसेम्बरदेखि अगस्टसम्म प्रतिव्यक्ति २५ अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
मनास्लु क्षेत्रमा पर्ने भू–भाग
गण्डकी प्रदेशकै गोर्खा जिल्लाको चुमनब्री गाँउपालिका वडा नं. १, २, ४ र ५ का सम्पूर्ण भू–भाग, साविकका सामागाँउ, ल्हो, प्रोक र बिही गाविसका सम्पूर्ण भागलाई निषेधित क्षेत्र मानिएको छ । मनास्लु संरक्षण क्षेत्रसँगै यहाँ मनास्लु हिमाल, हिँउ चितुवा, जरायो, हिमाली थार आदि जनावरहरू पाइन्छन् ।
लाग्ने दस्तुर
क) सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रतिहप्ता प्रतिव्यक्ति ७० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा र त्यसपछि प्रतिदिन प्रतिव्यक्ति १० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा । ख) डिसेम्बरदेखि अगस्टसम्म प्रतिव्यक्ति ५० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा र त्यसपछि प्रतिदिन प्रतिव्यक्ति ७ अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
७. मनाङ क्षेत्र
हिमालपारिको जिल्लाका रुपमा परिचित मनाङ पनि गण्डकी प्रदेशमै पर्दछ । त्यहाँको नार्पा भूमि गाँउपालिका वडा नं. १ देखि ५ सम्मका सम्पूर्ण भू–भाग, साविकका नार र फु गाविसको सम्पूर्ण भू–भाग र नाशों गाँउपालिका वडा नं. ६ र ७ का सम्पूर्ण भू–भाग, साविकको थोचे गाविसको १ देखि ५ सम्मको सम्पूर्ण भू–भाग तथा तिल्चे उत्तर क्षेत्रको भू–भागलाई निषेधित क्षेत्रका रुपमा राखिएको छ । मनाङको पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन् । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल यहीँ छ ।
लाग्ने दस्तुर
क) सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रतिहप्ता प्रतिव्यक्ति ९० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा । ख) डिसेम्बरदेखि अगस्टसम्म प्रतिहप्ता प्रतिव्यक्ति ७५ अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
८. माथिल्लो मुस्ताङ क्षेत्र
गण्डकी प्रदेशकै मुस्ताङ जिल्लाको लोमन्थाङ गाँउपालिका वडा नं. १ देखि ५ का सम्पूर्ण भू–भाग, साविकका लोमान्थाङ, छोसेर र छोन्हुप गाविसका सम्पूर्ण भू–भाग र लो–घेकर दामोदरकुण्ड गाँउपालिका वडा नं. १ देखि ५ का सम्पूर्ण भू–भाग, साविकका चराङ, घमी र सुर्खाङ गाविसका सम्पूर्ण भू–भाग, वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ३ का सम्पूर्ण भू–भाग र वडा नं. ५ को साङता गाँउ, साविकको छुसाङ गाविसको सम्पूर्ण भू–भाग र कागवेनी गाविस वडा नं. १ को साङता गाँउलाई निषेधित क्षेत्रका रुपमा समावेश गरिएको छ । हिमालपारिको जिल्ला भनेर चिनिने यो जिल्ला धौलागिरि र निलगिरि दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ । करिब ३ हजार वर्षभन्दा अघिको पुरातात्त्विक उत्खननबाट यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बतबीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ । अन्नपूर्ण हिम शृङ्खलाको उत्तरमा पर्ने हुनाले यहाँ एकदमै कम पानी पर्दछ । यस जिल्लाको उत्तरी क्षेत्रलाई लोमान्थाङ भनिन्छ, जुन नेपालकै एक विशेष क्षेत्र हो ।
लाग्ने दस्तुर
पहिला १० दिनका लागि प्रतिव्यक्ति ५ सय अमेरिकी डलर र त्यसपछि प्रतिदिन ५० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
९. माथिल्लो र तल्लो डोल्पा क्षेत्र
कर्णाली प्रदेशमा पर्ने माथिल्लो डोल्पाको डोल्पा बुद्ध गाँउपालिका वडा नं. ४ देखि ६ को सम्पूर्ण भू–भाग, साविकको तिन्जे गाविसको सम्पूर्ण भू–भाग, शे फोक्सुण्डो गाँउपालिका वडा नं. १ देखि ७ का सम्पूर्ण भू–भाग, साविकका साल्दाङ र भिजेर गाविसका सम्पूर्ण क्षेत्र, छार्का ताङसोङ गाँउपालिका वडा नं. १ देखि ६ को सम्पूर्ण भू–भाग, छार्का र मुकोट गाविसको सम्पूर्ण भू–भागलाई निषेधित क्षेत्रका रुपमा राखिएको छ ।
लाग्ने दस्तुर
पहिलो १० दिनका लागि प्रतिव्यक्ति ५ सय अमेरिकी डलर र त्यसपछि प्रतिदिन ५० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
तल्लो डोल्पा क्षेत्र
तल्लो डोल्पा क्षेत्रको ठूलीभेरी नगरपालिका वडा नं. १ देखि ११ सम्मका सम्पूर्ण भू–भाग, साविकका दुनै, माझफल, जुफाल र रह गाविसका सम्पूर्ण भू–भाग, त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ देखि ११ सम्मका सम्पूर्ण भू–भाग, साविकका त्रिपुराकोट, सँु, ल्हाँ, पहाडा र लिकु गाविसका सम्पूर्ण भू–भाग, डोल्पो बुद्ध गाँउपालिका वडा नं. १ देखि ३ का सम्पूर्ण भू–भाग, साविकको धो गाविसका सम्पूर्ण भू–भाग । यस्तै शे फोक्सुण्डो गाँउपालिका वडा नं. ८ र ९ को सम्पूर्ण भू–भाग, साविकको फोक्सुन्डो गाविसको सम्पूर्ण भू–भाग, जगदुल्ला गाँउपालिका वडा नं. १ देखि ६ को सम्पूर्ण भू–भाग, साविकको काई गाउँ र रिमी गाविसका सम्पूर्ण भू–भाग, मुड्केचुला गाउँपालिका वडा १ दखि ९ सम्मका सम्पूर्ण भू–भाग, साविकको कालिका, नर्कु र सर्मी गाविसका सम्पूर्ण भू–भाग, काइते गाउँपालिका वडा नं. १ देखि ७ सम्मका सम्पूर्ण भू–भाग, साविकको शहरतारा र लावन गाविसका सम्पूर्ण भूभाग । डोल्पामा हजार वर्षभन्दा पुरानो मानिने शे गुम्बा तथा नेपालको सबैभन्दा गहिरो फोक्सुन्डो ताल छ ।
लाग्ने दस्तुर
प्रतिव्यक्ति प्रतिहप्ता १० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
१०. हुम्ला
कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं. १, ६ र ७ का सम्पूर्ण भू–भाग, साविकका ठेहे गाविसका वडा नं. ६ देखि ९ सम्मका सम्पूर्ण भू–भाग, सिमिकोट गाविस वडा नं. १ र २ सहित डाँडा फाया गाविसका सम्पूर्ण भू–भाग, नाम्खा गाउँपालिका वडा नं. १ देखि ६ वडाको सम्पूर्ण भू–भाग, साविक हेप्का खगालगाउँ, मुचु र लिमी गाविसका सम्पूर्ण भूभाग, चेंखली गाउँपालिका वडा नं. ३ देखि ५ सम्मका सम्पूर्ण भू–भाग तथा साविकका मिमी र श्रीमष्टा गाविसका सम्पूर्ण भूभागलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरिएको छ ।
लाग्ने दस्तुर
प्रतिहप्ता प्रतिव्यक्ति ५० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा र त्यसपछि प्रतिव्यक्ति ७ अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
११. मुगु
कर्णाली प्रदेशअन्तर्गत मुगु जिल्लाको मुगुकार्मारोंग गाउँपालिका वडा नं. १ देखि ९ सम्मका सम्पूर्ण भू–भाग, साविकका डोल्फु, मुगु, किम्री, पुलु तथा माङ्ग्री गाविसका सम्पूर्ण भू–भागलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । मुगुमा नेपालको सबैभन्दा ठूलो ताल रारा अवस्थित छ ।
लाग्ने दस्तुर
क) प्रतिहप्ता प्रतिव्यक्ति ९० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा र थप प्रतिदिन १५ अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
१२. बझाङ
सुदूरपश्चिम प्रदेशमा पर्ने बझाङको साइपाल गाउँपालिका वडा नं. १ देखि ५ सम्मको सम्पूर्ण भू–भाग, साविकको काँडा गाविसको सम्पूर्ण भू–भाग, सैपाल र धुरी क्षेत्रसमेतलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
लाग्ने दस्तुर
क) प्रतिहप्ता प्रतिव्यक्ति ९० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा तथा थप प्रतिदिन १५ अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा । १३. दार्चुला सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको याँस गाउँपालिका तथा साविक व्यास गाविसको सम्पूर्ण भू–भागलाई निषेधित क्षेत्रका रुपमा राखिएको छ । लाग्ने दस्तुर क) प्रतिहप्ता प्रतिव्यक्ति ९० अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा र थप प्रतिदिन १५ अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।