एजेन्सी। अमेरिकाको सर्च इन्जिन गुगल डटकम सर्वाधिक धेरैपटक खाेलिने विश्वकै पहिलो वेबसाइट बनेको छ। मासिक ८३ अर्ब ९० करोडले गुगल डटकम खोलेका छन्। यो हालसम्मकै सर्वाधिक हो।
दोस्रो स्थानमा स्ट्रिमिङ अनलाइन टेलिभिजन युटुब भएको छ। युटुब ३२ अर्ब ७० करोडपटक खोलिएको छ। तेस्रो स्थानमा सामाजिक सञ्जाल फेसबुक भएको छ। फेसबुक १६ अर्ब ८० करोडपटक खोलिएको छ।
चौथो स्थानमा सामाजिक सञ्जाल ट्वीटर डटकम रहेको छ। ट्वीटर ६ अर्ब ४० करोडपटक खोलिएको छ। पाँचौं स्थानमा सामाजिक सञ्जाल इन्स्टाग्राम डटकम भएको छ। इन्स्टाग्राम ६ अर्ब ३० करोडपटक खोलिएको छ।
याहु डटकम नवौं स्थानमा छ। न्युज एन्ड मिडिया पब्लिसर्स याहु डटकम ३ अर्ब २० करोडपटक खोलिएको छ। ११औं स्थानमा सामाजिक मिडिया सञ्जाल ह्वाट्सएप छ। ह्वाट्सएप २ अर्ब ८० करोडपटक खोलिएको छ।
यसैगरी मार्केटप्लेस अमेजन डटकम १४औं स्थानमा छ। अमेजन डटकम २ अर्ब २० करोडपटक खोलिएको छ। सर्वाधिक चर्चामा रहेको सामाजिक सञ्जाल टिकटक डटकम १५औं स्थानमा छ।
टिकटक २ अर्ब पटक खोलिएको छ भने अर्को टिभी अनलाइन नेटफ्लिक्स २१औं स्थानमा छ। नेटफ्लिक्स १ अर्ब ४० करोडपटक खोलिएको छ। विश्वका चर्चित २५ वेबसाइट मासिक १ खर्ब ९२ अर्बपटक खोलिएका छन्।
इन्टरनेटको विशाल क्षेत्रमा केही वेबसाइट विश्वव्यापी दिग्गजका रूपमा देखापरेका छन्। युटुब र फेसबुकजस्ता मुख्य आधारहरूले अर्बौैं प्रयोगकर्तालाई ध्यानकर्षण गरेका छन्। पछिल्लो समयमा नयाँ-नयाँ वेबसाइट सिर्जना भइरहेका छन्।
वेब एनालिटिक्स फर्म सिभिलर वेबबाट डाटा प्रयोग गरेर शीर्ष २५ वेबसाइटमा तिनीहरूको सबैभन्दा भर्खरको ट्राफिकबारे जानकारी दिइएको छ।
एक वर्ष पहिले विश्वको शीर्ष वेबसाइटमध्ये बिङ परेकाे थियाे। माइक्रोसफ्टको सर्च इन्जिनले जेनेरेटिभ एआई बुमबाट धेरै फाइदा उठाएको छ। गुगलले वर्षाैंदेखि सर्च इन्जिनमा प्रभूत्व जमाएको छ।
वास्तवमा ओपन अलको वेबसाइट ट्राफिक यति छिटो बढिरहेको छ कि यसले चाँडै टिकटक र अमेजनजस्ता दिग्गज वेबसाइटलाई पार गर्न सक्छ।
ओपन अल र च्याटजिपिटीको वृद्धिले देखाउँछ कि कुनै कम्पनीको प्राविधिक प्रस्ताव पर्याप्त आकर्षक छ वा छैन र त्यसले कति चाँडो प्रख्यात हुनसक्छ भन्ने। त्यो लोकप्रियता लामो समयसम्म कायम राख्न सकिन्छ कि सकिन्न, त्यो भने हेर्न बाँकी छ।