काठमाडौं। सार्वजनिक भएको दुई महिनामै ५ सय नयाँँ इलेक्ट्रिक भेरिएन्टको एसयुभी एमजी जेड बुकिङ भएको छ।
बुकिङ ५ सय पुगिसकेको र डेलिभरी गर्ने काम जारी रहेको एमजी भेइकलका लागि नेपालको आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिका महाप्रबन्धक सचिन अर्यालले जानकारी दिए। यो गाडीको विशेषताका कारण ग्राहकको रोजाइमा परेको उनको भनाइ छ।
‘यसको पावर, प्रफमेन्स र मूल्य हेरेर ग्राहकको रोजाइमा परेको हो। त्यस्तै, विद्युतीय सवारी साधनमा बैंकले सहजै फाइन्यान्सिङ गरिदिएको कारण पनि यो धेरै बुकिङ भएको हो,’ उनले क्यापिटल नेपालसगँ भने।
यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ किलोवाट आवरको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आधा घन्टामै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रीले सिंगल चार्जमै ३ सय २० किलाेमिटरको वाइड रेन्ज प्रदान गर्छ । यस एसयुभीको ब्याट्री लाइफ भने आठ वर्षको छ।
दुई भेरिएन्टमा उपलब्ध यस एसयुभीको कम्फर्ट भेरिएन्टको मूल्य ४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरिएन्ट्को मूल्य ५२ लाख ४९ हजार राखिएको छ।
सुरक्षाका लागि यसमा ६ एयर ब्याग, इएसपी, इएबी, एचडिसी, अटो होल्डजस्ता फिचर राखिएका छन् भने मनोरन्जनका लागि प्रिमियम पानोरमिक सन–रुफ, डिएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ।
त्यस्तै, ड्राइभरका लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकरसहितको थ्रिडी साउन्ड सिस्टम, ड्राइभरका लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४ वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सिट), ६०/४० फोल्डिङ रियर सिट, रुफ रेल, पावर–फोल्डिङजस्ता फिचर राखिएको कम्पनीले जनाएको छ।