कोलम्बिया। दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट बञ्चित भएका छन्।
मध्याह्नदेखि नै काका र भाले डेल काउकाको पश्चिमी क्षेत्रमा ‘प्राकृतिक ग्यास सेवामा पूर्ण प्रतिबन्ध’ लगाइएको ‘युटिलिटी ग्यासेस डे ओक्सिडेन्ट’ ले जनाएको छ।
खानी मन्त्रालयका अनुसार यो संकटले देशको मध्य र दक्षिणपश्चिममा रहेका अन्य पाँच क्षेत्रलाई पनि प्रभावित गरेको छ।
पाइपलाइन कम्पनी ‘ट्रान्सपोर्टाडोरा डे ग्यास इन्टरनेसनल’ का अनुसार, ज्वालामुखी नजिकैको क्षेत्रमा लागेको ‘भूमिगत आगलागी’ का कारण ग्यास पाइपलाइनहरू बन्द गर्नुपरेको र सेवालाई पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक हप्ता लाग्न सक्नेछ।
कोलम्बियाका पाँच करोड जनसंख्यामध्ये दुई तिहाइ खाना पकाउने र अन्य प्रयोगका लागि इन्धनमा निर्भर छन्।
कोलम्बियाको तेस्रो ठूलो सहर कालीका मेयर जर्ज इभान ओस्पिनाले यसबाट १३ लाखभन्दा बढी प्रयोगकर्ता प्रभावित भएको बताए।
सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरहरूका अनुसार केही बासिन्दाले ग्यासको विकल्पमा दाउरामा खाना पकाउन थालेका छन्। ग्यासको अर्को विकल्पका लागि हजारौँ मानिसले विद्युतीय चुल्हो छानेका र किन्नका लागि लामो लाइनमा बसेको देख्न सकिन्छ।
यसबाहेक, धेरैजसो ग्यास–सञ्चालित सार्वजनिक यातायातहरूले सेवा प्रवाहलाई रोकेका छन्।