काठमाडौं। बिवाईडी विद्युतीय गाडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले विश्व जैविक बिविधता दिवसको अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व ‘भिल्डिङ्ग ड्रिम्स एण्ड फोरेष्ट’का लागि पहल गर्न पाउँदा गौरवान्वित भएको बताएको छ।
यस रणनीतिक अभियानले २०६२ सालमा अवैध बालुवा उत्खनन र वन फडानीको शिकार भएको चखन्डोल सामुदायिक वनलाई पुर्नस्थापित र पुर्नजिवित गर्ने लक्ष्य राखेको जनाइएको छ।
रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा साइमेक्सले नवीनतम मियावाकी प्रविधी प्रयोग गरि १ हजार ५ सय रुख रोप्ने कार्यको नेतृत्व गर्नेछ। यस कार्यको पहलले बिवाईडीको ‘एक डिग्रीले पृथ्वीलाई चिसो बनाउने’ दृष्टिकोणसँग प्रतिवद्धता र वातावरणीय दिगोपन र जैविक विविधता संरक्षणमा कम्पनीको अटल प्रतिबद्धता प्रकट गर्दछ।
विभिन्न वनस्पती तथा जीवजन्तुले पारिस्थिक प्रणालीको रुपमा रहेको चखन्डोल सामुदायिक वनले विगतमा धेरै क्षति बेहोर्नु परेकोछ। यद्यपी “भिल्डिङ्ग ड्रिम्स एण्ड फोरेष्ट” अभियानमार्फत साइमेक्सले स्वदेशी रुखका प्रजातीहरुलाई पुनः परिचय दिएर तिनीहरुको वृद्धिका लागि अनुकुल वातावरण सिर्जना गरेर वनको पुरानो गौरवलाई पुनर्जिवित गर्ने लक्ष्य राखेको छ।
यस महत्वाकांक्षी प्रयासले यस क्षेत्रको पुनरुत्थानमा मात्र योगदान पुर्याउने मात्र नभएर यस क्षेत्रको पारिस्थितिक सन्तुलनमा ७–८ विभिन्न प्रजातिका चराहरु फिर्ता ल्याउन पनि मद्दत गर्नेछ।
त्यस बाहेक, गुणस्तरीय माटो तयार गर्ने प्रविधीहरुमा स्वदेशी सुक्ष्मजीवहरु परिचय गराउने, स्वस्थ र सम्पन्न पारिस्थितिक प्रणालीको लागि आवश्यक महत्वपूर्ण सुक्ष्मजीवहरुलाई पुर्नस्थापित गर्नेछ। विश्वका सबैभन्दा प्रदुषित सहरहरु मध्ये एक काठमाडौं लामो समयदेखि वायु प्रदुषणका हानिकारक प्रभावहरु झेल्दै आएको छ।
यसको समग्र दृष्टिकोणको साथ ‘भिल्डिङ्ग ड्रिम्स एण्ड फोरेष्ट’ को पहलले वातावरण र यसका बासिन्दाहरुमा महत्वपूर्ण र सकारात्मक प्रभाव पार्नेछ। वृक्षारोपणको पहिलो वर्षमा आयोजनाले ८ सय २७ टन अक्सिजन उत्पादन गर्ने र ३ सय १० टन कार्बन भण्डारण गर्ने प्रक्षेपण गरिएको छ।
पाँच वर्षको अवधिमा वनले १ हजार ५ सय ५० टन कार्वन अलग गर्दै प्रभावशाली ४ हजार १ सय ३३ टन अक्सिजन उत्पादन गर्ने लक्ष्य राखेको छ।
साइमेक्स इंकका प्रमुख मार्केटिङ्ग अफिसर समीर श्रेष्ठ भन्छन् ,हाम्रो ‘भिल्डिङ्ग ड्रिम्स एण्ड फोरेष्ट’ अभियानले मूल मुल्यमान्यता र दिगो भविष्य सिर्जना गर्ने प्रतिवद्धताको प्रतीक हो। हामी यस क्रान्तिकारी परियोजनासँग सहकार्य गर्न पाउँदा र चखन्डोल सामुदायिक वनको पुर्नस्थापना गर्न प्राविधिक आविष्कारको लाभ उठाउन पाउँदा गर्व गर्छौं। वातावरणीय ह्रसा विरुद्ध लड्न हाम्रो समर्पण मात्र देखाउदैन साथै अरुलाई पनि त्यसतर्फ कदम चाल्न र जैविक विविधता संरक्षणमा योगदान गर्न प्रेरित गर्ने कम्पनीले बताएको छ।
यो अभियान घोषण विश्व जैविक विविधता दिवससँग मिल्दोजुल्दो छ। जुन विश्वव्यापी रुपमा मान्यता प्राप्त कार्यक्रम हो जसले हाम्रो ग्रह र भावी पुस्ताको भलाइका लागि जैविक विविधता संरक्षणको महत्व बारे चेतना जगाउँछ।