काठमाडौं। नेपाली कांग्रेस निकट श्रमिकहरूको साझा संस्था नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित भएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंको सातौँ अधिवेशनको आज बिहान सम्पन्न मतगणनामा भुसालले ४ सय २१ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत सुशीलराज पौडेलले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी धर्मसागर ढकालले तीन सय ५२ मत प्राप्त गरेका छन्। भुसाल दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै, उपाध्यक्षमा देवेन्द्रप्रसाद कोइराला, महिला उपाध्यक्षमा शारदालक्ष्मी श्रेष्ठ, जिल्ला उपाध्यक्ष (सेवा क्षेत्र)मा मीनप्रसाद पोखरेल, उपाध्यक्ष (उत्पादन क्षेत्र) सजना नेपाल, उपाध्यक्ष (अनौपचारिक तथा स्वरोजगार) यादवप्रसाद पौडेल र सचिवमा प्रकाश मगर विजयी भएका छन्।
यसैगरी, दुई सहसचिवमा रणधिरकुमार यादव र विष्णुहरि अर्याल, कोषाध्यक्षमा वासुदेव भण्डारी तथा सहकोषाध्यक्षमा यन्जुदेवी दाहाल विजयी भएका छन्। सदस्यमा भने दीपक थापा, पूर्णमान डंगोल, मनिषा पोखरेल, सिर्जना अर्याल, सीताराम भण्डारी र वीरजित रोकाया विजयी भएका हुन्।
महिला सदस्यमा रोशनी खड्का र सुमिका पाख्रिन विजयी भएका निर्वाचन अधिकृत पौडेलले बताए। निर्वाचनका लागि मंगलबार दिउँसो ३ देखि साँझ ७ बजेसम्म मतदान भएको थियो।