काठमाडौं। लामो कसरतपछि लक्ष्मी र सनराईज बैंकबीच मर्जको प्रक्रिया टुगिंएको छ। ड्यु डेलिजेन्स अटिड सार्वजनिक भएपछि दुई बैंक एक हुने प्रक्रियाले अन्तिम रुप पाएको हो।
अहिले ३ बजे होटल ¥याडिसनमा लक्ष्मीकातर्फबाट १५ जना र सनराइजका तर्फबाट १५ जना लगानीकतालाई बोलाएर हस्ताक्षर हुँदैछ। मर्जपछि बैंकको नाम लक्ष्मी सनराईज हुने भएको छ।
ड्यु डेलिजेन्स अटिडमा लक्ष्मी बैंकको १ कित्ता सेयर बराबर सनराइज बैंकको पनि १ कित्ता नै सेयर हुने गरी सोमबार अन्तिम सम्झौता गरिने भएको हो। सम्झौताअनुसार मर्जपछि बन्ने बैंकको सीइओ अहिलेका लक्ष्मी बैंकका अजयबिक्रम शाह हुनेछन् भने तत्काल अन्तरिम सञ्चालक समितिले अध्यक्ष चयन गर्ने समझदारी भएको छ।
अन्तरिम सञ्चालक समितिमा दुबै बैंकका ३/३ जना र एकजना प्राविधिकरुपमा विज्ञ रहनेछन् । र, उक्त अन्तरिम सञ्चालक समितिले अध्यक्ष चयन गर्नेछ। ‘नाम, अध्यक्ष, सीइओ, स्वाप रेसियो सबै टुंगो लागेको छ।
मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन गरिएको थियो । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा। मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका थिए ।
नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि औपचारिक रुपमा एकीकृत कारोबार हुनेछ। मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ ।