काठमाडौं। ह्वावेले आफ्ना एशिया प्रशान्तका साझेदारहरूका लागि सम्मेलन आयोजना गरेको छ। दश देशका १२०० भन्दा बढी साझेदारहरूको सहभागिता रहेको सो कार्यक्रमको प्रमुख उद्देश्य एशिया प्रशान्तमा प्रविधिको वृद्धि र विकास रहेको छ।
यस एशिया प्रशान्तलाई लामो समयदेखि विश्वव्यापी आर्थिक वृद्धिको केन्द्र मानिंदै आएकोमा विश्वव्यापी डिजिटल अर्थतन्त्रमा सबैभन्दा सक्रिय क्षेत्रमध्ये एक एशिया प्रशान्त डिजिटलीकरण र नवप्रवर्तनमा पनि अग्रणी रहेको छ।
एशिया प्रशान्तमा मात्रै ७ हजार ९ सयभन्दा बढी उद्यम साझेदार र हजारभन्दा बढी क्लाउड साझेदारलाई विभिन्न प्रोत्साहन प्याकेजका साथै लगानीमा वृद्धि गरेर आफ्नो साझेदार सञ्जाललाई सुदृढ र सवल बनाउन ह्वावे प्रतिबद्ध रहेको जनाएको छ।
नयाँ साझेदार कार्यक्रमले ग्राहकलाई प्रविधि अझै किफायती हुने, डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र डिजिटल उत्पादकत्वमा वृद्धि ल्याउने विश्वास लिएको छ।
कार्यक्रमको उद्घाटन समारोहमा ह्वावेले एशिया प्रशान्तका लागि ६ नयाँ सहकार्य योजना सार्वजनिक गरेको छ। यस कार्यक्रमले क्रमशः सरकार, वित्त, विद्युत, सडक, जलमार्ग र बन्दरगाह प्रत्येकका लागि एक योजना साथै स्वतन्त्र सफ्टवेयर विक्रेता र डाटा केन्द्र सुविधा समाधानका क्षेत्रहरूका लागि पनि प्याकेज ल्याएको छ।
नयाँ सहकार्य योजनालाई अनुमोदन गरी औद्योगिक डिजिटल रूपान्तरणमा सम्पूर्ण साझेदारले ह्वावेलाई साथ दिने प्रतिबद्धता जनाएका छन्।