काठमाडौं। नेपालकै अग्रणी लजिस्टिक्स कम्पनी उपायले कोल्ड चेन समाधान ‘प्रोनगो’ सेवा सुरु गरेको छ। नेपालको एक इनोभेटिव प्राविधिक प्लेटफर्मको रूपमा परिचित उपायले हालैमात्र ‘प्रोनगो’ सेवा सुरु गरेको हो।
‘प्रोनगो’ तरकारी, फलफूल, आइसक्रिम, डेरी उत्पादन, माछा मासु, जमेको खाद्य वस्तु र अन्य वस्तहुरूको ताजापन र गुणस्तर कायम राख्नको लागि तापक्रम नियन्त्रण गर्ने प्रविधि हो। ‘प्रोगोन’ चिल्ड र फ्रोजन दुबै ब्याग र बक्समा उपलब्ध छ, जसमा फ्रोजनमा १६ घन्टासम्म (१५ डिग्रि सेल्सियसदेखि २५ डिग्रि सेल्सियससम्म) को तापक्रम कायम गर्छ। त्यस्तै चिल्डमा ४८ घण्टासम्म २ डिग्रिदेखि ८ डिग्रिसम्मको तापक्रम कायम गर्छ।
यसमा राखिएको ट्याबहरूले ब्याग र बक्समा तापक्रम स्थिर राख्छ। ढुवानी र भन्डारणको समयमा पनि यो प्रविधिले तापमान स्थिर र उपयुक्त दायराभित्र राख्ने कम्पनीको दाबी छ।
तापक्रम नियन्त्रण नेपालको लजिस्टिक र सप्लाई चेन उद्योगका लागि विशषे गरी उत्पादनको ताजापन र गुणस्तरमा भर परेका उद्यमहरूका लागि धेरै महत्त्वपूर्ण माध्यम हुने कम्पनीले जनाएको छ। यो प्रविधिले फोहोर कम गर्न र सप्लाई चेनको गुणस्तर सधार गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ।
उपायले ‘प्रोनगो’ मार्फत नेपालमा कोल्ड चेन लजिस्टिक समाधानका लागि नयाँ बेन्चमार्क सिर्जना गर्दैछ। छिट्टै बिग्रिने खानेकुराहरू, तरकारी र फलफूल, मासु, आइसक्रिम, माछा, र जम्ने खाद्य वस्तुजस्ता तापक्रम नमिल्ने कारण छिट्टै बिग्रिन्छन्। त्यसेले त्यसको समाधान ‘प्रोनगो’ भएको र यो प्रविधिले नेपालको कोल्ड चेन उद्योगलाई बदल्ने बताइएको छ।