काठमाडाैं। एसियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२३ को आयोजना गरेको छ।
कार्यक्रममा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (सोना) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल आइडिया नेपनललगायत संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरको सहभागिता थियो।
एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ। जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउँदै आएको छ।
कार्यक्रमका सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड) पत्ता लगाउन विशेषज्ञ अन्तर्वार्ता, संयुक्त कार्यशालाका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ।
कार्यक्रममा कलर नेक्स्ट २०२३ कार्यक्रममा एसियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञानकुमारले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा एसियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख सिरीश राव र एसियन पेन्ट्स नेपालका प्रमुख (कन्ट्री हेड) जी गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुती दिएका थिए। जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरसँग एसियन पेन्ट्सको सहकार्यलाई जोड दिइएको थियो।
कार्यक्रममा एसियन पेन्ट्स ग्लोबलका ब्रान्ड प्रवन्धक मारिशा रेगो डिसूजाले यस वर्षका लागि चार प्रवृत्ति गोथिलिसियस, स्लिप सेन्स, एज अफ फरेस्ट र स्रुम घोषणा गरे। त्यस्तै आर्किटेक्ट माधव रमनले कलर अफ द इयर सिल्भर एस्केपड बारे जानकारी दिए।