काठमाडाैं। आरजु ब्रान्डका चामल बिक्री सुरू भएकाे छ। बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको लगानी रहेको आरजु राइस मिलले उत्पादन गरेकाे चामल आजदेखि बिक्री सुरू भएकाे हो।
मिलले जिरा मसिनो र लङग्रेन चामल उत्पादन गर्छ। उक्त चामल बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएकाे हो। मिलका सञ्चालक बस्नेतले किसानले उत्पादन गरेको धानको न्यूनतम मूल्य तोकी धान प्राप्त भएको दुई दिनमा नै रकम भुक्तानी गर्ने बताए।
आरजु लङग्रेन चामल प्रतिकिलाे १ सय ३० रूपैयाँमा काठमाडौं बजारमा उपलब्ध छ। बस्नेतले हाल बजारमा रहेको लङग्रेन चामलको तुलनामा कनिकारहित र स्वादिलो रहेको दाबी गरे। किसान र उपभोक्ताबीचको दुरी नजिक बनाउन राइस मिलले काम गरेको उनले बताए।
नेपालमा उत्पादन हुने उत्कृष्ट लामो 'रामधान'लाई प्रशोधन गरी लङग्रेन’ चामल तयार गरिने भएकाे एकदमै स्वादिलाे रहेकाे मिलकाे दाबी छ। मिलले यसलाई विभिन्न चरणको परिक्षण पश्चात बजारमा ल्याएकाे बस्नेतले बताए।
बजारमा उपलब्ध यस्तै चामलको तुलनामा ०.५ मिलिमिटर लामो रहे पनि १ सय ६० रूपैयाँदेखि १ सय ७० प्रति किलाे छन्, जुन आरजु लङग्रेन भन्दा ३०–४० रूपैयाँ प्रतिकिलाे बढी र कनिकाको मिसावट झन्डै १० प्रतिशत–१५ प्रतिशत बढी छन्। बजारमा कनिकाको मूल्य प्रति किलाे ३५–४० रूपैयाँ छ।
अहिले बजारमा ‘जीरा मसिनो’ र ‘लङग्रेन’ चामल ल्याएकाे मिलले आउँदो सिजनमा वास्मति चामल ल्याउँने जनाएकाे छ। बस्नेतले भने, ‘वर्षमा एक जना व्यक्तिले करिब १ सय ३५ देखि १ सय ४० किलाे चामल उपभोग गर्छन्। हाम्रो चामल करिब किलोमा ४० रूपैयाँ सस्तो छ।’
अहिले ४ हजार बिघा जमिनमा धान उत्पादन भइरहेकाे छ। आरजु राइस मिलका चामल सस्ताे र स्वादिलाे भएकाले उपभाेग गर्न बस्नेतले आग्रह गरे।