काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अंकले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलव ५९ मा सीमित भएको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७१ अंकले ओरालो लागेर तीन सय ५३ दशमलव ०९ मा सीमित भएको छ।
कारोबार भएका कूल १३ कम्पनीमध्ये तीन कम्पनीको सेयर मूल्य उकालो लाग्दा १० उपसमूहको सेयर भने ओरालो लागेको छ। कूल २१ लाख पाँच हजार छ सय ५७ कित्ता सेयर ५७ करोड ८८ लाख ४१ हजार पाँच सय ९३ रुपैयाँमा खरिद बिक्री भएको छ। कूल ६४ कम्पनीको सेयर मूल्य उकालो लाग्दा एक सय ३४ कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको तीन करोड १५ लाख छ हजार तीन सय ६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
ग्लोबल आइएमई बैंकको संस्थापक सेयर दुई करोड ७० लाख ८४ हजार आठ सय चार, शिवम् सिमेन्ट एक करोड ८० लाख ३७ हजार सात सय ५२, हिमाल दोलखा हाइड्रोपावर एक करोड ७७ लाख ६३ हजार चार सय १० र हिमालयन डिस्टिलरीको एक करोड ६८ लाख ७८ हजार सात सय पाँच रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त छ दशमलव १०, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलव ८९, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ७१, इस्टन हाइड्रोपावर पाँच दशमलव ६६ र कुमारी इक्विटी फण्डको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ।
त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स पाँच दशमलव ९९, बाराही हाइड्रोपावर पाँच दशमलव ५२, एशियन हाइड्रोपावर पाँच दशमलव ५२, बलेफी हाइड्रोपावर चार दशमलव ३५ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ३४ प्रतिशतले घटेको छ।