काठमाडाैं। टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङले ग्राहकहरूको विशेष सेवाका लागि भक्तपुरमा नयाँ शोरूमको सुभारम्भ गरेको छ।
सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थशमशेर ज.ब.राणा तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेसचन्द्रले संयुक्त रूपमा नयाँ शोरूमको उद्घाटन गरे।
नयाँ शोरूम उद्घाटनसँगै टाटा मोटर्स्ले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरूममा टाटा मोटर्सकाे पेसेन्जर भेहिकलहरू प्रदर्शन गरिएका छन्। ग्राहकहरुलाई बिक्रीपश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्य स्वरूप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन्।
नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ प्रालि कार्यकारी अध्यक्ष सिद्धार्थशमशेर ज.ब.राणाले सिप्रदीको आफ्नै नयाँ शोरूमहरू खोली ग्राहकहरूलाई सेवा दिन पाउँदा निकै खुसी लागेको बताए। साथै उक्त नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्ने समेत जानकारी गराए।
सोही अवसरमा टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेसचन्द्रले ग्राहकको विशेष सेवा दिन प्रतिबद्ध कम्पनीले थप सेवाका लागि आफ्नै शोरूमहरु थप्दै लगेको बताए।
उनले ग्राहकलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ शोरूमको भूमिका महत्वपूर्ण हुने र यसै क्रममा सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकलाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवा प्रदान गर्ने कुरामा आफूहरू विश्वस्त भएको कुरासमेत जानकारी गराए।
उनले अब नयाँ शोरूमबाट टाटाका अत्याधुनिक विशेषतासहित सुविधा सम्पन्न विद्युतीय तथा आईस सेग्मेन्टका गाडीहरु सुलभ रुपमा ग्राहकहरूसम्म पहुँच हुने कुरा समेत व्यक्त गरे।
ग्राहकहरुको पूर्ण सेवा र सन्तुष्टिका लागि टाटा मोटर्सले उनीहरुको चाहना एवं माग अनुरुप कार्य गर्न सदा तत्पर छ। निकट भविष्यमा पनि विभिन्न ब्रान्डहरुसहित ग्राहकहरूलाई विशेष अनुभूति प्रदान गरी उच्चस्तरीय सेवाका लागि टाटा मोटर्स् सदा प्रतिबद्ध रहेको कुरा सिप्रदी टेड्रिङ प्रालिले स्पष्ट पारेको छ।