काठमाडौं। बैंकविरुद्ध सर्वसाधारणका गुनासो थुप्रिएपछि केन्द्रीय बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत तथा गुसानो सुन्ने अधिकारीलाई बोलाएको छ।
राष्ट्र बैंकको गुनासो सुनुवाई इकाइमा दैनिकरूपमा बैंकविरुद्ध गुनासो बढ्दै गएपछि नियामकले सिइओ तथा गुसानो सुन्ने अधिकारी छलफल गर्न बोलाएको हो।
दैनिकरूपमा सर्वसाधारणले गुनासो गर्ने तर, बैंकले उनीहरूको गुनासोलाई वेवास्ता गरेपछि केन्द्रीय बैंकमा बैंक विरुद्धका उजुरी बढेका हुन्। अहिले हरेक बैंकले गुनासो सुनुवाई इकाइ बनाएका छन्। तर, उनीहरूले सर्वसाधारणका समस्यालाई सुन्ने र सल्ट्याउन नगरेकाले १ बजे छलफलका लागि बनाइएको केन्द्रीय बैंकले जानएको छ।
सर्वसाधारणले सबैभन्दा पहिला आफ्नै बैंकका गुनासो गर्छ। सकेसम्म त्यही मिलाउन खोज्छ। तर, बैंकका कर्मचारी तथा सिइओहरूले उनीहरूका वास्तविक समस्या समेत हल नगरेपछि केन्द्रीय बैंकसमक्ष गुनासो आइपुग्ने गरेको छ।
केन्द्रीय बैकबाट पनि सम्बन्धित बैंकले गुनासो हल गर्न निर्देशन गरेको भए पनि अहिलेसम्म भएको पाइएन। त्यही भएर बैंकका सिइओ तथा अन्य कर्मचारीलाई छलफलका लागि बोलाइएको हो।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त कुनै संस्था वा सेवा प्रदायकले सेवाग्राहीलाई कुनै प्रकारको विभेद, असहयोग, अपारदर्शी कामकारबाही, बेवास्ता, गैर जिम्मेवार वा हेलचक्राइपूर्वक व्यवहार गरी आर्थिक र गैरआर्थिक हानी नोक्सानी पुग्ने कार्य गरेरगराएमा वा नेपाल राष्ट्र बैंकको निर्देशन, प्रचलित नियम, कानून तथा निर्देशनको परिधिभन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरे गराएमा सो सम्बन्धी गुनासो गर्न सकिन्छ।