काठमाडौं। वाटर स्टेवार्डसिपको एउटा हिस्साको रूपमा कोका–कोला बेभरेज नेपालले २०२३–२०२४ का लागि ४ नयाँ परियोजना ल्याएको छ।
बेभरेजले बालाजु पार्कको बाईसधाराको पुनरुत्थान र वास प्रणालीका साथै पोखरा र भरतपुरमा रेन वाटर हार्वेस्टिङ र ग्राउन्ड वाटर रिचार्जसहित चार परियोजना ल्याएकाे हाे।
यी पानी भण्डारण परियोजनाहरू कोका–कोलाको २०३० जल सुरक्षा रणनीतिप्रति बलियो प्रतिबद्धता समर्थनमा पानीको पुनःपूर्तिका सन्दर्भ–आधारित दृष्टिकोण, स्मार्ट पानीका लागि नीतिहरूको वकालत र हाम्रा सञ्चालन र आपूर्तिहरूमा जिम्मेवार पानीको प्रयोगमार्फत पानी सुरक्षा बढाउनमा केन्द्रित हुने जनाइएको छ।
कोका–कोला बेभरेजले वाटरएड नेपालको प्राविधिक सहयोगमा सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्टसँग बाईसधारा–बालाजु पार्कमा रहेका सुकेका ढुङ्गे धाराहरूलाई पुन प्रयोगमा ल्याउन मद्दत गनर ग्राउन्ड वाटर रिचार्ज परियोजनाको लागि साझेदारी गरेको छ।
परियोजनामा रिचार्ज ट्रेन्च (रेन गार्डेन) २१ वटा रिचार्ज इनार, ढलान संरक्षण र सतह/सतह भन्दा मुनि ड्रेनेजको काम समावेश छ। परियोजनाले वन र पार्क क्षेत्रबाट वार्षिक ३० हजार के.एल पानी पुनःपूर्ति गर्ने लक्ष्य राखेको छ, जसले शहरी पानीको बढ्दो मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ।
यस संयुक्त प्रयासमार्फत परियोजनाले परिधीय क्षेत्रहरूको भूजल तालिका कायम राख्न सहयोग पुर्याउन मात्र नभई द्रुत सहरीकरणका कारण समुदायलाई तीव्र पानीको अभावको सामना गर्न मद्दत गर्न सक्ने पहलका प्रकारबारे समुदाय र स्थानीय अधिकारीलाई सचेत गराउन पनि मद्दत पुर्याउने उल्लेख गरिएको छ।
विद्यालयहरुमा स्वच्छ खानेपानी तथा हात धुने सुविधा प्रदान गर्न कम्पनीले यस वर्ष दुई छुट्टाछुट्टै परियोजनाका लागि स्प्लास नेपालसँग साझेदारी गरेको छ। पहिलो परियोजना पोखराको सैनिक आवासीय महाविद्यालयमा हुनेछ जहाँ खानेपानी र हात धुने स्टेसनहरू स्थापना गर्नुका साथै रेन वाटर हार्वेस्टिङ प्रणालीले १३ सयभन्दा बढी विद्यार्थी, शिक्षक तथा आवासीय क्याम्पसमा बस्ने प्रशासनिक कर्मचारीको करिब आधा जस्तो माग पुर्याउन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी स्प्लास नेपालसँगको अर्को परियोजना भरतपुरका ४ विभिन्न स्थानका चारवटा सामुदायिक विद्यालयमा वर्षाको पानी संकलन प्रणाली स्थापना गरि विद्यालय जाने बालबालिकालाई स्वच्छ खानेपानी उपलब्ध गराउने छ। काठमाडौंमा स्प्लास नेपालले बालाजु औद्योगिक क्षेत्रको चाइल्ड केयर फसिलिटी भित्र पिउने पानीको फिल्टर युनिट स्थापना गर्न मद्दत गर्नेछ।